दोधारा

दोधारा चाँदनी क्रिकेट एकेडेमी दोधारा चाँदनीले नगर स्तरिय खुला महिला भलिवल प्रतियोगिता संचालन गर्ने भएको छ् । दोधारा चाँदनी क्रिकेट एकेडेमी दोधारा चाँदनीले एक सुचना प्रकाशित गरि आउदो राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नगर स्तरिय खुला महिला भलिवल प्रतियोगिता संचालन गर्ने भएको हो । प्रतियोगित आउदो १ गते देखि संचालन गर्ने बताईएको छ् ।

‘दोधारा चाँदनी क्रिकेट एकेडेमी दोधारा चाँदनीले दोधारा चाँदनी नगरपालिकामा महिलाहरुको शारिरिक र मानसिक अवस्थालाई मध्यनजर गर्दै दोधारा चाँदनी क्रिकेट एकेडेमी दोधारा चा“दनीको मुल आयोजनामा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारि यहि मिति २०७७/११/१ गते देखि नगर स्तरिय खुला महिला भलिवल प्रतियोगिता हुने हुदा सो प्रतियोगितामा महिला भलिवल टिम सहभागिता जनाईदिन हुन सम्पुर्ण सरोकारवालाहरुमा जानकारी गराईन्छ् ।’

दोधारा चाँदनी क्रिकेट एकेडेमी दोधारा चाँदनीका खेल संयोजक रमेश चन्दले जारी गरेको सुचनामा भनिएको छ् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. १७ हजार १ सय १, द्धितिय हुने टिमलाई रु. ११ हजार १ सय १, बेस्ट रेजरलाई रु. १ हजार १ सय ११, बेस्ट डिफेण्डरलाई रु. १ हजार १ सय ११ तथा मेडल सम्मान गरिने बताईएको छ् ।






