भागरथीका हत्यारा बलात्कारी सार्वजनिकको माग सार्दै सुप विश्वविद्यालयका विद्यार्थी आन्दोलित

कञ्चनपुर

बैतडीकी छात्रा भागरथी भट्टका बलात्कारी सार्वजनिकको माग अघि सार्दै सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी आन्दोलित भएका छन । सूदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीले बुधबार महेन्द्रनगरमा हत्याको बिरोधमा प्रर्दशन गरेका छन ।

सुप विश्वविद्यालयका विद्यार्थी नेता हेमन्त अवस्थीले छात्रामाथि बलात्कारपछि हत्या जघन्य अपराधजन्य घटना घटेको साता वितिसक्दा पनि कुनै हत्यारा सार्वजनिक नगरिएकाले दवाव स्वरुप आन्दोलन गरिएको बताए । उनका अनुसार सुप विश्वविद्यालयदेखि बजार, बसपाक प्रशासन हुँदै मदन चोकमा कोण सभा गरेर बिरोध प्रर्दशन समापन गरिएको थियो । यथाशिघ्र हत्यारा सार्वजनिक नगरि सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस सहित सबै आंगिक क्याम्पसबाट आन्दोलनको चेतावनी दिएका छन ।

ताजा समाचार