कञ्चनपुर
कञ्चनपुरको बेलौरीका एक पुरुषकी श्रीमती अर्र्को पुरुषसंग कोठामा भेटिएपछि ति पीडित श्रीमानले कोठा थुनेर इलाका प्रहरी कार्यालय बेलौरीसंग हारगुहार गरेका छन । बेलौरी नगरपालिका ६ का बिनोद नेपालीकी श्रीमती परपुरुषसंग भेटिएपछि पीडित श्रीमानले प्रहरी बोलाएरका थिए । गयराती श्रीमतीको कोठामा परपुरुष भेटिएपछि बिनोदले आफ्नै श्रीमती र ति पुरुष बिरुद्धमा प्रहरीमा जाहेरी दिएका छन । आफ्नै जिवनसंगिनीसंग परपुरुष भेटिएपछि बिनोदलाई आकासबाट खसेजस्तो भएको बताएका छन ।

समाजमा अघिकाँस यौनजन्य एव बलात्कारका घटनामा महिला पीडित भएपनि यस घटनामा पुरुष पीडित भएका छन । नेपालीको घरबाट उनकी श्रीमती र बेलौरी नगरपालिका ८का पुुरुष विवेक लम्साललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले बेलौरी नगरपालिका ८का लम्साल विनोदकी ३८ बर्षिया श्रीमतीको कोठामा भेटिएपछि पक्राउ गरेको बताए ।

‘पुरुषले दिएको जाहेरीका आधारमा अभद्र मुद्दा चलाएका छौँ, ‘उनले भने, ‘पाँच दिन म्याद थप गरेर घटनाबारे अध्ययन गरिरहेका छौँ ।’ स्थानीयले घटना बारे सत्यतथ्य छानबिनको माग अघि सारेका छन । एक बर्ष अघि पनि बेलौरीमा एक सरकारी कार्यालयका प्रमुख अर्काकी श्रीमतीसंग भेटिएका थिए । समाजिक रुपमा भईरहेका घटनाले भत्र्सना गरिएको छ ।







