प्रहरीद्वारा भन्सार छलि गरी भारतबाट ल्याउदै गरेको ८० किलो माछा बरामद


कञ्चनपुर

प्रहरीले अवैध तरिकाले भारतबाट भित्र्याउदै गरेको ८० किलो माछा बरामद गरेको छ । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्तीले भीमदत्त नगरपालिका १० बाट अवैध तरिकाले भित्र्याउदै गरेको ८० किलो माछा बरामद गरेको हो ।

भन्सार छलि गरी भित्र्याउदै गरेको अवस्थामा प्रहरीको गाडीलाई देखे भागेपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षक अमर बहादुर माझीको टोलीले जिमुवा क्षेत्रबाट उक्त माछा बरामद गरेको हो ।

प्रहरीका अनुसार स्कुटीमा आउदै गरेका व्यक्तिले प्रहरीको गाडीलाई परैबाट देखेपछि बोरा भुईमा फालेर भागेका थिए ।
प्रहरीको बरामद गरिएको माछालाई स्थानीयको सहयोगमा खाल्डो पुरेको जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img