सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताका लागि सुदूरपश्चिमको टिम छनोट

टिम क्याप्टेनको जिम्मेवारी बिमला भट्ट लाई


कञ्चनपुर
सुदूरपश्चिम प्रदेश स्थित कञ्चनपुरको महेन्द्रनगरमा तृतीय स्व।साहना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता(२०७७ का लागि सुदूरपश्चिम प्रदेशको हक्की टिम छनोट गरिएको छ । सुदूरपश्चिम प्रदेश हक्की टिमको प्रशिक्षक खेलाडी गरि १७ जनाको नाम सार्वजनिक गरिएको छ। जसमा टिम प्रशिक्षकमा किशोर राज ओझा र टिम क्याप्टेनको जिम्मेवारी बिमला भट्ट लाई दिएको छ।
जिल्ला हक्की संघ कञ्चनपुरको आयोजनामा महेन्द्रनगरमा स्व।साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको हो । जसमा सात प्रदेश मध्ये ६ नम्बर प्रदेश बाहेक र एक नेपाली सेनाको टिम सहभागि हुने आयोजकले बताएका छन् । प्रतियोगिता भोलि माघ २८ देखि फागुन २ गतेसम्म संचालन हुनेछ ।
यस्तो रहेको छ सुदूरपश्चिम प्रदेश महिला हक्की टिम ।
१ बिमला भट्ट (क्प्तान)
२ भावना तिरुवा (गोल रक्षक)
३ निरा औजि (गोल रक्षक)
४ सिल्पा चौधरी (उप कप्तान)
५ तारा मल्ल
६ सुनिता नेगि
७ लक्ष्मी बम
८ सन्जु कु चौधरी
९ ममता भट्ट
१० जानकी भट्ट
११ सरिता उराव
१२ जमुना भन्डारी
१३ बिन्दु रावल
१४ कबिता जोशी
१५ सरु भाट
१६ करुणा ठगुन्ना
१७ किशोर राज ओझा (प्रशिक्षक)


Loading Viewer...

ताजा समाचार

spot_img