कञ्चनपुर
कञ्चनपुरकी अधिकारकर्मी माया नेगीलाई आदालतले निर्दोष ठहर गरेको छ । कञ्चनपुर जिल्ला आदालतले अधिकारकर्मी नेगीलाई निर्दोष ठहर गरेको हो । भीमदत्त नगरपालिका १८ भगतपुर निवासी अधिकारकर्मी नेगीलाई छिमेकी कमल ठडराईले जातिय विभेदको मुद्दा हालेका थिए । उक्त मुद्दामा जिल्ला न्यायाधिश शिवलाल पाण्डेयको एकल इजलासले अधिकारकर्मी नेगीलाई निर्दोष ठहर गरेको हो ।

नेगीका तर्फबाट अधिवक्ता बिनोद भट्ट, निरन्जन विष्ट, प्रकास पाण्डेय, कौसिल्या ओझा, सुमित्रा कार्की सहदेव खडायतले बहस गरेका थिए ।लकडाउनका बेला प्रहरीले ठडराईको घरबाट मदिरा बरामदको गरेको विषयमा दुवै परिवारविच विवाद भएको थियो । छिमेकी विवादमा ठडराई परिवारले नेगी बिरुद्ध जातिय विभेदको मुद्दा दायर गरेका थिए । अधिकारकर्मी नेगीले आफुलाई न्यायालयले न्याय लिएको बताईन । आफुले समाजका लागि काम गर्दै आएको बताएकी छिन । ‘न्याय मुलुक स्वच्छ समाजका लागि मैले काम गरे, ‘उनले भनिन, ‘आज ममाथि नै आरोप लगाईयो ।’ अधिकारकर्मी नेगीले सफाई पाएसंगै उनका सहकर्मी, छिमेकीले झुटा आरोप जहिले पनि झुटा हुने आदालतले सावित गरिदिएको बताएका छन ।







