कंचनपुर

कंचनपुरको महेन्द्रनगरमा सर्बाधिक धनराशीको कर्पोरेट क्रीकेट प्रतियोगिता आजबाट संचालन भएको छ । उद्घाटन कार्यक्रमका सभापती आशिष खत्री प्रमुख अथिती बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्द बिशिस्ट अथितीहरुमा जिल्ला क्रीकेट संघ कंचनपुरका अध्यक्ष बिरेन्द्र चन्द, एम डी ग्रुपका अमर बहादुर मल्ल, होटल ब्यबसायी संघका अध्यक्ष जगदिश भट्ट, कंचनपुर जिल्ला खेलकुद प्रमुख गोपाल भट्ट लगायत अन्य अथितिहरुको सहभागीता रहेको थियो । आज भएका २ खेलमा मेगा सहकारी सस्था र सुदुरपस्चिम विश्व बिधालय बिजयी भएका छन ।


मेगा सहकारी सस्था ९ रनले बिजयी !
टस हार्दै ब्याटिङको निम्तो पाएको मेगा सहकारी सस्था निर्धारित ६ ओभरको खेलमा ४ बिकेट गुमाउदै ८२ रन बनाउन सफल भएको थियो । मेगा सहकारी सस्थाका लागि टेकेन्द्र जोशिले सर्बाधिक ५२ रन बनाएका थिए । एन एम बि बैंकका चेतन प्रशाद जोशिले ३ बिकेट लिन सफल भएका थिए । ८३ रनको बिजयी लक्षका साथ मैदानमा उत्रेको एन एम बि बैंक ६ ओभरमा १ बिकेट गुमाउदै ७३ रन मात्र बनाउन सफल भएको थियो । एन एम बि बैंकका लागि सुरेन्द चन्दले ४३ रनको योगदान गरेपनी आफ्नो टिमलाई जित दिलाउन सकेनन । मेघा सहकारी सस्थाका लागि टेकेन्द्र जोशिले १ बिकेट लिएका थिए भने म्यान अफ द म्याच पनि घोषित भएका थिए ।


सुदुरपश्चिम विश्व विद्यालय २० रनले बिजयी !
टस हारेर ब्याटिङको निम्तो पाएको सुदुरपश्चिम विश्व विद्यालयले निर्धारित ६ ओभरमा २ बिकेट गुमाउदै ८२ रन बनाउन सफल भएको थियोे । सुदुरपस्चिम विश्व बिधालयका लागि बाबुराम रावतले सर्बाधिक अबिजित ४९ रनको योगदान गरेका थिए भने प्रदीप तिवारीले १४ रन बनाएर आउट भएका थिए । साग्रीला डेभलपमेन्ट बैक अशोक बहादुर चन्द र गणेश ठगुन्नाले समान १/१ बिकेट लिएका थिए । ८३ रनको बिजयी लक्षका साथ मैदानमा उत्रेको साग्रीला डेभलपमेन्ट बैक ६२ रन मात्र बनाउन सकेको थियो ।
साग्रीला डेभलपमेन्ट बैकका लागि अशोक बहादुर चन्दले सर्बाधिक ३० र गणेश ठगुन्ना २७ रनको बनाएर पनि आफ्नो टिमलाई जित दिलाउन सकेनन । सुदुरपस्चिम विश्व बिधालयका प्रदीप तिवारि र बाबुराम रावतले समान १(१ बिकेट हात पारेका थिए भने उक्त खेलका म्यान अफ त म्याच बाबुराम रावत घोषित भएका थिए ।
सुपर सिक्स प्रतियोगितामा प्रथम हुने टीमलाई नगद एक लाख एक हजार , ट्रफी र प्रमाणपत्र ,द्वितीयलाइ एकाउन्न हजार नगद , ट्रफी र प्रमाणपत्र , प्रतियोगिताको सिरिजलाई नगत पाँच हजार , ट्रफी र प्रमाणपत्र , प्रतियोगिताका बेस्ट ब्याट्सम्यानलाई नगद तिन हजार , ट्रफी र प्रमाणपत्र , प्रतियोगिताका बेस्ट बलरलाई नगद तिन हजार , ट्रफी र प्रमाणपत्र साथै प्रत्येक दिन म्यान ऑफ द म्याचलाई पुरुस्कारको ब्यबस्था रहेको छ ।






