संसद विघटन बिरुद्ध जसपाको कञ्चनपुरमा प्रर्दशन


कञ्चनपुर

संसद विघटन, सम्वैधानिक आयोगमा असम्वैधानिक नियुक्ती बिरुद्धमा जनता समाजवादी पार्टीले कञ्चनपुरमा बिरोध प्रर्दशन गरेको छ । शुक्रबार जसपा कञ्चनपुरले महेन्द्रनगरमा बिरोध प्रर्दशन गरकेो हो ।

जसपा कञ्चनपुरका नेता एव संघीय परिषद सदस्य अभिषेक सिह कुमाल(गुरु)ले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको सबै असम्वैधानिक कदम बिरुद्ध बिरोध प्रर्दशन गरिएकोछ ।

जसपा कञ्चनपुरका अध्यक्ष राधेश्याम भट्टको अध्यक्षमा भएको बिरोध प्रर्दशनमा जसपा केन्दीय सदस्य प्रेमबती राना, संघीय परिषद सदस्य अभिषेक सिह कुमाल(गुरु), प्रवक्ता अम्बादत्त वितरी, सचिव लोकराज भट्ट सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img