जनता समाजबादी पार्टीको विरोध प्रदर्शन सम्पन


कंचनपुर
जनता समाजवादी  पार्टी नेपालको केन्द्रीय कार्यक्रम आनुसार जनता समाजबादी पार्टी कंचनपुरको आयोजनामा जन प्रर्दशन गरेको छ ।

ओली सरकारको असवैधानिक तथा प्रतिगमनकारी संसद विघटन विरुद्ध पार्टी कार्यालय देखि बजार परीक्रमा गरी मदन चोकमा कोण सभा गरेको पार्टीका नेता अम्बा तिवारीले बताउनु भयो ।

ओली सरकारले चालेका असंवैधानिक कदमको कडा भन्दा कडा विरोध गर्ने र ओलीको प्रतिगमनकारी संसद विघटन विरुद्ध विभिन्न चरणमा आन्दोलन गर्ने पार्टीका सचिव लोकराज भट्टले बताए । त्यसै क्रममा माघ २५ गते पुतला दहन गर्ने र माघ २८ गते राँके जुलुस गर्ने सचिव भट्टले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img