कंचनपुर

कंचनपुरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल) समुहका नेताले पत्रकार माथि हातपात र दुर्व्यवहार गरि समाचार संकलनबाट रोकेका छन् । देशैभरि आम हडतालको आब्हान गरेको नेकपाले कंचनपुरको बिभिन्न स्थानमा नेताहरु आफै सडकमा उभिए र विरोध जनाएका थिए। महेन्द्रनगरको भानु चोकमा बन्द गर्न उपस्थित बिगठित प्रतिनिधि सभा सदस्य देखि प्रदेश सभा सदस्य र पुर्व माननियहरु लगायत स्थानिय तहका जनप्रतिनिधि समेत थिए ।

सोहि कार्यक्रममा लेखा आयोगका केन्द्रीय सदस्य इश्वरि खरेलले भारतमा मजदुरि गरि आफ्नो घर आइरहेका घरमा आमा बितेको बताउने युवा संग पत्रकार मदन गिरीले बन्दले परेको समस्या बारेमा सोधिरहदा नेता खरेलले यो को हो भनेर सोधदै धकेले पछि भिडले पनि धकेलदै हातपात गरेको छ सोही क्रममा उर्वादत्त पन्तले पनि उनिमाथि हातपात गरेको गिरीले बताए ।



म पत्रकार हो समाचार संकलन गर्न पाउनु पर्छ भन्दापनि यसलाई भगाउ भनेर हातपात गरेका छन । यसरी पत्रकार गिरीलाई खरेल लगायत भिडले समाचार संकलनमा रोक लगाई हातपात गरेको गिरीले बताए । साथै यस घटनाको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति र नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले उक्त कार्यको घोर निन्दा गरेका छन् । यसरी पत्रकार माथि दुव्र्यहार गर्ने जो सुकै भए पनि कडा भन्दा कडा कारवाही गर्नु प्रेस विज्ञप्तीमा जनाएको छ ।






