कञ्चनपुर

शुक्रबारदेखि महेन्द्रनगरमा चेम्बर ब्याडमिन्टन खुला प्रतियोगिता हुन लागेको छ ।कञ्चनपुर चेम्बर अफ कमर्सको आयोजनामा खुला चेम्बर कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो । कञ्चनपुर चेम्बर अफ कमर्सका अध्यक्ष शुशिल पाण्डेयले ब्याडमिन्टन प्रतियोगिताको विकासका साथै चेम्बर स्थापितका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

आयोजकले बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन आयोजना गरि प्रतियोगिता संचालन हुने जनाएको हो । अध्यक्ष पाण्डेयले १६–३५ र ३५बर्षभन्दा माथिका उमेर समुहमा प्रतियोगिता खेलाईनेछ । प्रथमलाई नगद १२, द्वितियलाई ६ र तृतियलाई ३ हजार सहित ट्रफि दिईनेछ । पत्रकार सम्मेलनमा अध्यक्ष पाण्डेय, उपाध्यक्ष सुबास पन्त र महासचिव लिलाधर जोशी सहित सहभागि थिए । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईरहेको छ । जगदम्बा अल्कोवेस्रोले मुख्य प्रायोजक रहेको छ ।







