दलित सशक्तिकरण विधेयकबारे छलफल


कञ्चनपुर दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि छलफल गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार समाजिक विकास मन्त्रालयले तयार पारेको दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि छलफल गरिएको हो ।
बुधबार मन्त्रालयका अधिकारीहरुले कञ्चनपुरका दलित अगुवासंग मस्यौदा बारे छलफल गरेका हुन । समाजिक विकास मन्त्रालयका शाखा अधिकृत दान बहादुर सुनार र बरिष्ठ शिक्षा अधिकृत हेमराज खडकाले मस्यौदाबारे जानकारी गराएका थिए ।
कञ्चनपुरका अगुवा दलित नेताहरुले विधेयकमा परिमार्जित गर्नुपर्ने, सिङ्गो दलित समुदायको समाजिक, आर्थिक साँस्कृतिक अधिकारमा जोडदिएका थिए ।

ताजा समाचार

spot_img