कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिकामा फेसन डिजायनिङ्ग तालिम संचालन भएको छ । गत मंसिर दोस्रो सातादेखि भीमदत्त नगरपालिका र व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको संयुक्त आयोजनामा फेसन डिजायनिङ्ग तालिम शुरु भएको हो ।

व्यवसायिक तथा सीप विकास तालिम महेन्द्रनगरका प्रमुख रोजगारीका अवसर सृजना गर्नका लागि युवायुवतीका लागि तालिम संचालन गरिएको बताए । सोमबार भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट र तालिम केन्द्र प्रमुख तर्कराज भट्टले तालिमको अनुगमन गरेका छन ।







