गजल : हतियार बोकेर आउ……

बिमला चन्द सानू
    बैतडी
हाल : काठमाडौ
हतियार बोकेर आउ कोहि वारि बाट कोही पारी बाट,
नारीलाई न्याय दिलाउनु छ अब खबरदारी बाट ।
धुलोमा नाचे मैलो मा सुते आमा तिमि संगै म पनि,
अब छुटाउनेछु पक्का चुलो र खेतबारी बाट ।
मैले धेरै गम्भीर भएर सोच्ने गर्छु बेला बेलामा ,
किन छुट्टाईन्छ नारी लाई मात्र हर जिम्मेवारीबाट ।
तिमिले न्याय कसरी दिन्छौ ,यो जवाफ धेरै लाइ चाहिन्छ ,
नभुल्नु सिकार कै आस हुन्छ जहिले पनि सिकारी बाट ।
तिमि करोडौँ ओछ्याएर खुट्टाले कुल्चिदै हिड्यौ ,
बिचरा जन्ता उम्किन सकेनन् ,अत्यचार र महामारी बाट ।

ताजा समाचार

spot_img