कञ्चनपुर

सवारी चालक अनुमति पत्र(लाईन्सेन्स)पाएकालाई अभिमुखिकरण गराईएको छ । यस अघि यातायात व्यवस्था कार्यालयले लाईन्सका लागि लिखित र प्रयोगात्मक उर्तिण भएकालाई अभिमुखीकरण बिनै लाईन्सेस दिदै आएको थियो । तर, जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले सवारी दृर्घटनाबाट बाँच्न लाईसेन्स पास(उत्र्तिण) भएका चालकलाई ट्राफिक नियमबारे सचेतना गराईएको छ । लिखित र प्रयोगात्मक भएका चालकलाई लाईन्सेन्स दिएर सिधै उनीहरुले राजमार्ग लगायतका सडकमा सवारी हाँक्दा ट्राफिक नियमबारे अप्रर्याप्त ज्ञान हुँदा सवारी दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले सवारी दृर्घटना न्यूनिकरणका लागि चालकलाई लाईन्सेन्स लिनुभन्दा अवागै अभिमुखिकरण गराएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले दुई लटमा चारसय चालकलाई अभिमुखिकरण गराएको छ ।


गत पुषमा २ सय माघ दोस्रो साता २सय गरि चारसय (मोटरसाईकल, अटो र स्कुटी)चालकलाई अभिमुखिकरण गराएको हो । बिहीबार यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका मेकानिकल ईन्जिनियर कविराज जोशी र जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका ईन्चाज एव प्रहरी निरीक्षक केशव भट्टले अभिमुखिकरण गराएका छन । मेकानिकल ईन्जिनियर जोशीले सवारी साधन नविकरणदेखि यातायात व्यवस्था ऐनबारे जानकारी गराएका थिए । ट्राफिक प्रहरी इन्चार्ज भट्टले लाईसेन्स पाएका चालकलाई ट्राफिक नियमबारे सचेत गराएका थिए । ‘लाईन्सेन्स पाएपछि मनपरी ढङगबाट सवारी साधन हाँक्छन, ‘उनले भने, ‘यसबाट दुर्घटना भई अकालयमै ज्यान गुमाउनुपर्ने अवस्था सृजना हुन्छ ।’ सडकमा सवारी साधन चलाउनुभन्दा पहिल्यै अभिमुखिकरण गराउँदा दृर्घटनाबाट जोगाउने उदेश्यले अभिखुखिरण गराईएको बताउदै ट्राफिक प्रहरी इन्चार्ज भट्टले सडक सुरक्षाका लागि लाभदायक भएको बताए ।


‘हाम्रो उदेश्य सवारी साधन दुर्घटनाबाट जोगाउने हो, ‘ट्राफिक इन्चार्ज भट्टले भने, ‘चालकलाई अनुशासित बनाएर सडक सुरक्षा हो ।’ शुक्लाफाँटा नगरपालिका १०झलारीका उद्धवराज भट्टले दुई बर्ष अघि जिपको लाईन्सेन्स लिएका थिए । ‘मैले जिपको लाईसेन्स लिदा यस्तो जानकारीमुलक अभिमुखिकरण पाएको थिएन, ‘उनले भने, ‘अहिले मोटरसाईकलको लाईसेन्स लिदा पाए, खुसी छु, धेरै जानकारी भयो ।’ स्कुटीको चालक अनुमति पत्र(लाईसेन्स) उर्तिण गरेर भीमदत्त नगरपालिका १०सुकासालकी कविता बोहराले पहिले पनि स्कुटी चलाउँदै आएको बताउदै उनले अहिले अभिमुखिकरणबाट थप जानकारी पाएको बताउदै सचेत भएर चलाउने बनाईन ।

अधिकाँस क्याम्पसमा अध्यनरत किशोरी स्कुटी दुृर्घटनामा पर्दै आएका छन । तर, महेन्द्रनगरको अमिटी कलेजमा अध्ययनरत २२ बर्षिया भीमदत्त नगरपालिका ६खैरनीकी कृतिका पण्डित र भीमदत्त नगरपालिका १८ कटानकी २२ बर्षिया संगिता रावलले अभिमुखीकरणबाट थप विश्वास जागिएको बताईकी छिन । उनीहरुले यस अघि स्कुटी चलाउँदा प्रर्याप्त ट्राफिक नियम थाहा नभएपनि अहिले थाहा पाएको बताउदै उनीहरुले तिव्र स्प्रीटका कारण मात्र नभई अन्य कारण पनि दुर्घटना हुने गरेको अनुभव पोखिन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख उमाप्रशाद चर्तुरबेदीले लाईन्सेन्सवालाले सवारी साधन दर्घटना न्यूनिकरणका लागि थप जिम्मेबारी हुनुपर्ने बताएका छन । कञ्चनपुरको ट्राफिक व्यवस्थापनमा सकारात्मक, सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको ट्राफिक प्रहरीको कार्यप्रति नागरिक समेत प्रसंसा गरिरहेका छन ।






