कञ्चनपुर । जलवायु मैत्री जिविकोपार्जनको लागी कुतियाकवर बस्तीमा दुई दिने च्याउ खेती तालिम सम्पन्न गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) जलवायु उत्थानशील समुदाय (सिआरसी) परियोजनाको सहयोग र दोधारा चाँदनी नगरपालिकाको सहकार्यमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीका स्थानियबासीहरुलाई दुई दिने च्याउ खेती तालिम प्रदान गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) जलवायु उत्थानशील समुदाय (सिआरसी) परियोजनाका फिल्ड अफिसर शुनिल सेठ्ठीले जानकारी दिनुभएको छ् ।


दोधारा चाँदनी नगरपालिकाको बाढी प्रभावित बस्ती कुतियाकवर बस्तीमा बसोबास गर्ने २० जना स्थानियबासीहरुलाई लक्षित गर्दै तालिम प्रदान गरिएको फिल्ड अफिसर शुनिल सेठ्ठीले बताउनुभयो । बाढी प्रभावित बस्तीमा तालिम रहेको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभयो । तालिममा च्याउ खेतीका सैद्धान्तिक तथा व्यवहारिक सिपका बारेमा प्रशिक्षण प्रदान गरिएको वडाध्यक्ष सिंहले बताउनुभयो । तालिममा सहभागीहरुलाई च्याउका बिउ बिजन, प्लाष्टिक र ग्रोइङ ब्याग समेत बितरण गरिएको थियो ।

तालिम पश्चात पुरन सुनार र दान बहादुर मगरलाई प्लाष्टिस्क घर, बीउबिजन, प्लाष्टिक र ग्रोइङ ब्याग जस्ता सामग्री उपलब्ध गराईएको सिआरसी परियोजनाले जनाएको छ् ।











