कञ्चनपुर, : कञ्चनपुरका तीन उत्कृष्ट करदाता फर्महरुलाई सम्मान गरिएको छ । आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले जिल्लाका तीन उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको हो । राष्ट्रिय कर दिवस ०८३ को अवसरमा अधिल्लो आर्थिक बर्ष ०८१/ ०८२मा सबैभन्दा बढी कर दाखिला गर्ने तीन फर्महरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ ।लजिल्ला सदरमुकाम महेन्द्रनगरमै रहेका उदयदेव बहुउदेश्यीय सहकारी संस्था, लक्ष्मी ज्वैलर्स र शिवकला ट्रान्सर्पोट(परिवहन) लाई सम्मान गरिएको हो ।

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका प्रमुख कर अधिकृत हरि आचार्यले जिल्लारीका ३३ हजार करदातामध्ये सो आर्थिक बर्षमा क्रसम १देखि ३सम्म उक्त फर्महरुले बढी कर दाखिला गरेको बताए । उदयदेव बहुउदेश्यीय सहकारी संस्थाले दुई करोड, १५ लाख, २३ हजार, एकसय ७५रुपैया, लक्ष्मी ज्वैलर्सले ८५ लाख, २९ हजार, ५७ र शिवकलाले ८६लाख, ६२ हजार, ६सय ६८रुपैया कर तिरेको थियो । प्रमुख कर अधिकृत आचार्यले उत्कृष्ट तीन करदाताहरुलाई उत्प्रेरणा गर्ने उदेश्यले सम्मान गरिएको बताए । ‘अहिले उत्कृष्ट करदाताहरुलाई हामीले सम्मान ग¥यौँ, ‘उनले भने, ‘उहाँहरुबाट अन्य करदाताहरुलाई समेत उत्प्रेरणा मिलोस भन्ने हो ।’

भीमदत्त नगरपालिका १८ महेन्द्रनगर कटानमा केन्द्रीय कार्यालय रहेको उदयदेव सहकारीले पछिल्ला दुई बर्षदेखि लगातार गरेर चौथो पटक उत्कृष्ट करदाताका रुपमा सम्मान पाएको छ । सुदूरपश्चिम प्रदेशमै कारोबार गर्दै आएको उक्त उदयदेव बहुउदेश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले २७ हजार शेयर सदस्य रहेको उक्त सहकारीले चौथो पटक उत्कृष्ट करदाता बन्न सफल भएको बताए ।

जिल्लाकै लवप्रतिष्ठित व्यवसायी समेत रहेका लक्ष्मी ज्वैलर्सका संचालक लक्ष्मी दत्त पाण्डेयले आफुहरुले कारोबार गरे बाफत राज्यलाई बुझाउनुपर्ने कर दायित्य भएको र सम्मानित हुन पाउँदा हर्षित भएको बताए । साथै आन्तरिक राजस्वकै कर्मचारी बालकृष्ण सुवेदीलाई पनि सम्मान गरिएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक डा.भिष्म कुमार भुुसाल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईराला र प्रमुख कर अधिकृत हरि आचार्यले हस्ताक्षर गरेको प्रशसा पत्रमा सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासको योगदानमा पु¥याउनु भएको योगदानको कदर गरिएको छ ।










