दोधारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बन्न ईच्छुक व्यक्ति संग आवेदन माग्दा दोधारा चाँदनी नगरपालिका प्रमुख र अध्यक्ष पदमा बढी आकर्षण देखिएको छ् । प्रमुख तथा अध्यक्ष पदका लागि उल्लेख्य आवेदन परेपनि उपप्रमुख र वडा सदस्य पदमा भने तुलनात्मक रुपमा कम आकांक्षी देखिएका छन् । रास्वपाले गाँउपालिकामा विभिन्न पदमा उम्मेदवार हुन ईच्छुक व्यक्तिका लागि भदौ १ गते देखि र नगरपालिकाका पदका लागि असोज २९ गते देखि आवेदन खुला गरेको थियो । आवेदन दिन समयसीमा नतोकिएकाले ईच्छुकले अझै पनि पार्टीको क्यान्डिडेट क्लबमा दर्ता गर्न सक्ने व्यवस्था छ् ।

पार्टीले गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, खुला वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि आवेदन आह्वान गरेको छ् । यी पद मध्ये कार्यकारी नेतृत्वमा बढी आकर्षण देखिएको र वडा सदस्य पदमा भने अपेक्षाकृत कम आवेदन परेको पार्टीका नेताहरुले बताएका छन् । स्थानीय तहको जनप्रतिनिधी बन्न ईच्छुक व्यक्तिबाट उत्साहजनक आवेदन प्राप्त भइरहेका रास्वपा दोधारा चाँदनीका एक नेताले बताए । उनका अनुसार क्यान्डिडेट क्लवमा वडा सदस्य पदका लागि आवश्यकता भन्दा कम आवेदन परेको छ् ।

तिहार पछि सम्म पनि आवेदन दिन सकिने भएकाले अहिलेनै सबै पदमा कति आकांक्षी छन् भन्ने यकिन गर्न नसकिने रास्वपाका नेताको भनाई छ् । रास्वपाको क्यान्डिडेट क्लवमा कार्यकारी पदको तुलनामा सदस्य पदमा आवेदन कम परेको बताईएको छ् ।

प्रमुख पदमा आकांक्षीको संख्या बढी देखिएपनि सदस्य पदमा पार्टीका कार्यकर्ताको रुचि तुलनात्मक रुपमा कम छ् ।










