दोधारा चाँदनीमा जारी पुरुष भेट्रान भलिवल कप प्रतियोगितामा वडा नं. ४ बिजयता


दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जारी पुरुष भेट्रान खसी कप भलिवल प्रतियोगितामा दोधारा चाँदनी नगरपालिका– ४ बिजयता भएका छन् । नगर खेलकुद बिकास समिति दोधारा चाँदनी र हिमाल मध्यवर्ती उपभोक्ता समितिको सयुक्त आयोजनामा सञ्चालन भएको पुरुष भेट्रान खसी कप भलिवल प्रतियोगितामा दोधारा चाँदनी नगरपालिका– ४ बिजयता र वडा नं. २ उपबिजयता भएको नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष तेजराज गिरीले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगर क्षेत्रका ५ भलिवल टिम सहभागी रहेको प्रतियोगितामा बिजयता टिमलाई खसी र उपबिजयता टिमलाई रातो भाले सहित प्रमाण पत्र प्रदान गरिएको नगर खेलकुद बिकास समितिका अध्यक्ष तेजराज गिरीले बताउनुभयो । यस्तै कार्यक्रममा नगर क्षेत्रमा खेलकुद लगाएत बिभिन्न बिद्यामा योगदान पुर्‍याएका ब्यक्तीहरुलाई दोसल्ला ओढार सम्मान गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकालाई खेल क्षेत्रबाट परिचित गराउने योजना अनुरुप दोधारा चाँदनी नगरपालिकाले खेल क्षेत्रमा लगानी गर्दै आएको बताउनुभएको छ् । लागु औषध दुव्र्यसनीलाई निरुत्साहित गर्न तथा युवाहरुलाई खेलमा रुची बढाउन समेत बिभिन्न समयमा प्रतियोगिता आयोजन गर्दै आएको मेयर लिम्बुले बताउनुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img