राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) भीमदत्त नगर समितिले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । बुधबार महेन्द्रनगरमा रास्वपा भीमदत्त नगर समितिले शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । रास्वपा भीमदत्त नगरका सभापति दिनेश भट्टले शुभदिपावली, छठ, नेपाल सम्वद लगायतका चाडपर्व लक्षित गरेर कार्यक्रम गरिएको बताए ।

उनका अनुसार काँग्रेस, एमाले, नेकपा, राप्रपा सहितका दलका सयौँ नेता कार्यकर्ताहरु पाटी प्रवेस गरेको बताए । उनका अनुसार भीमदत्त र बेदकोट नगरका १÷१ वडाध्यक्षले पनि सदस्यता लिएको तर प्रवेसका दिन उनीहरु नआएको बताए । नआएपनि उनीहरु रास्वपाको सदस्यता लिईसकेका छन ।

भीनपा १८ एमाले नेता ऋर्षी खरेलले आफुसगै दर्जनौँले रास्वपा प्रवेस गरेको बताईरहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै रास्वपा कञ्चनपुरका निर्वतमान सचिव रामदत्त भट्टले पाटीले देश र जनताका लागि काम गरिरहेकाले नेता कार्यकर्ताहरुले समेत जनताको काममा खटिनुपर्नेमा जोडदिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रास्वपाका युवा नेता एव सासद ज्ञानेन्द्र महताले पाटीमा नयाँ पुराना जनताको पक्षमा काम गर्नेको मुल्याङ्गकन हुने बताए । सासद महताले पुरानो भनेर हुर्की र नयाँ भनेर जिम्मेबारीबाट भाग्न नपाउने बताउँदै ईमान्दारिता पुर्वक काम गरे पाटीले स्वत मुल्याङकन गरेर जिम्मेबारी दिने बताए । कार्यक्रममा रास्वपा भीमदत्त नगर सहितका जिल्लाका नेता कार्यकर्ताहरु सहभागि भएका थिए ।










