नशाको मैदान छोडौँ, फुटबलको मैदान रोजौँ’ : कृष्णपुरमा यू-१८ फुटबल प्रतियोगिता हुँदै


हेमा भट्ट, /कञ्चनपुर :- किशोरकिशोरी तथा युवालाई लागुऔषध दुर्व्यसनबाट टाढा राख्दै खेलकुदप्रति आकर्षित गर्ने र स्थानीय फुटबल प्रतिभाको पहिचान गर्ने उद्देश्यले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा प्रथम नगरस्तरीय यू-१८ छात्र फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

‘नशाको मैदान छोडौँ, फुटबलको मैदान रोजौँ’ भन्ने मूल नारासहित कृष्णपुर नगरस्तरीय बाल सञ्जालको आयोजना तथा कृष्णपुर नगरपालिकाको सहकार्यमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगितामा नगरभित्रका १५ टोली सहभागी हुने आयोजकले जनाएको छ।

कृष्णपुर नगरपालिका-२ स्थित मछेली खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कात्तिक १६ गते बिहान ११ बजे हुनेछ भने प्रतियोगिता कात्तिक १९ गतेसम्म सञ्चालन गरिनेछ। प्रतियोगिताबारे जानकारी दिन आइतबार कृष्णपुर नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको उद्देश्य, तयारी र पुरस्कारका विषयमा जानकारी दिनुका साथै ट्रफीसमेत सार्वजनिक गरेको थियो। प्रतियोगितामा नगरभित्र बसोबास गर्ने १८ वर्षमुनिका छात्र खेलाडीलाई मात्र सहभागी गराइने कृष्णपुर नगरस्तरीय बाल सञ्जालका अध्यक्ष अशोक सिंह धामीले जानकारी दिए।

प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले २० हजार रुपैयाँसहित ट्रफी र मेडल तथा तेस्रो हुने टोलीले १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई नगद तीन हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ। त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही एक हजार पाँच सय रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। उदाउँदो खेलाडीलाई उपहार प्रदान गरिनेछ, जसको प्रायोजन भूमि पुस्तक पसलले गरेको अध्यक्ष धामीले बताए। प्रत्येक खेलका उत्कृष्ट खेलाडी अर्थात् ‘म्यान अफ द म्याच’लाई नगद पाँच सय रुपैयाँ प्रदान गरिनेछ। उक्त पुरस्कारको प्रायोजन अत्तरियास्थित संघर्ष स्पोर्ट्स क्लबले गरेको उनले जानकारी दिए।

पत्रकार सम्मेलनका प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बालबालिका तथा युवालाई सही बाटोमा अघि बढाउन खेलकुद, शिक्षा र सकारात्मक सामाजिक गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताए। लागुऔषध दुर्व्यसन नियन्त्रण प्रहरी वा स्थानीय सरकारको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै उनले परिवार, विद्यालय, समुदाय, युवा र सामाजिक सङ्घसंस्थाबीच सहकार्य आवश्यक रहेको धारणा राखे। युवाको ऊर्जा र क्षमतालाई खेलकुद तथा सिर्जनात्मक गतिविधिमा जोड्न सके स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माण गर्न सकिने उनको भनाइ थियो। युवालाई दुर्व्यसनबाट जोगाउने अभियानमा स्थानीय सरकारको सहकार्य र समुदायको सक्रियता महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले प्रतियोगिता सफल बनाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरे।

कार्यक्रमकी विशिष्ट अतिथि नगर उपप्रमुख द्रौपती रानाले खेलकुदले बालबालिका तथा किशोरकिशोरीको प्रतिभा पहिचान, क्षमता विकास र नेतृत्व निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्य सुधार गर्नुका साथै अनुशासन, सहकार्य, आपसी सद्भाव र सकारात्मक सोचको विकास गर्ने उल्लेख गर्दै उनले युवालाई लागुऔषधको कुलतबाट टाढा राख्न परिवार, विद्यालय, स्थानीय सरकार र सामाजिक सङ्घसंस्थाबीच समन्वय आवश्यक रहेको बताइन्। प्रतियोगिताले युवालाई सकारात्मक गतिविधिमा सहभागी गराउन र उनीहरूको प्रतिभा उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले सबैलाई प्रतियोगिता सफल बनाउन आग्रह गरिन्।

कृष्णपुर नगरस्तरीय बाल सञ्जालका अध्यक्ष अशोक सिंह धामीले प्रतियोगिता फुटबल खेलमा प्रतिस्पर्धा गराउने उद्देश्यमा मात्र सीमित नरहेको बताए। किशोरकिशोरी तथा युवालाई लागुऔषध दुर्व्यसनबाट टाढा राख्ने, खेलकुदप्रति रुचि बढाउने, स्थानीय खेल प्रतिभाको पहिचान गर्ने र युवाबीच एकता तथा सहकार्यको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए। युवापुस्तामा बढ्दै गएको लागुऔषध दुर्व्यसनको जोखिम न्यूनीकरण गर्न खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने विश्वास व्यक्त गर्दै धामीले प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै आगामी दिनमा फुटबल खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए।

बालबालिका तथा किशोरकिशोरीको क्षमता विकास र नेतृत्व निर्माणमा सक्रिय कृष्णपुर नगरस्तरीय बाल सञ्जालले विगत तीन वर्षदेखि विभिन्न सामाजिक तथा सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। सञ्जालका अनुसार कृष्णपुर नगरपालिकाका ८२ वटै टोलमा बाल सञ्जाल गठन गरिएको छ भने हालसम्म करिब दुई हजार पाँच सय बालबालिका सञ्जालमा जोडिएका छन्। बालबालिकालाई आफ्नो अधिकार र जिम्मेवारीबारे सचेत बनाउने, नेतृत्व तथा उद्घोषणलगायतका सीप विकास गर्ने र लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने गतिविधि सञ्चालन गर्दै आएको सञ्जालले जनाएको छ। आगामी दिनमा २५ वर्षसम्मका किशोरकिशोरी तथा युवालाई समेत समेटेर लागुऔषध दुर्व्यसन रोकथाम, खेलकुद प्रवर्द्धन र सामाजिक रूपान्तरणका अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य सञ्जालले राखेको छ।

पत्रकार सम्मेलनमा सहभागी वक्ताहरूले लागुऔषध दुर्व्यसनले किशोरकिशोरी तथा युवाको स्वास्थ्य, शिक्षा, पारिवारिक सम्बन्ध र भविष्यमा पार्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्न खेलकुद, शिक्षा र जनचेतनामूलक कार्यक्रमलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको अध्यक्षता बाल सञ्जालका अध्यक्ष धामीले गरेका थिए भने सञ्चालन सञ्जालका सचिव टेकराज जोशीले गरेका थिए।

१५ टोलीको सहभागितामा सञ्चालन हुने प्रतियोगिताले कृष्णपुरमा फुटबलको वातावरण निर्माण गर्नुका साथै स्थानीय प्रतिभाको पहिचान, युवाबीच आपसी सद्भाव र खेलकुद संस्कृतिको विकासमा


Loading Viewer...

ताजा समाचार

spot_img