तेस्रो वडा स्तरिय कबडी प्रतियोगिता : भीनपा ८ विजेता, धुम्रपान निषेधका अभियन्ता चन्दद्वारा उत्कृष्ट खेलाडीलाई जर्सी, सचिव कार्की भए सम्मानित


कञ्चनपुर : कञ्चनपुरको उत्तरी गाँउ हल्दुखालमा तेस्रो वडा स्तरिय कबडी प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबारदेखि भीमदत्त नगरपालिका ७ हल्दुखालमा शुरु भएको तेस्रो वडा स्तरिय कबडी प्रतियोगिता आईतबार समापन भएको छ । दिपज्योती क्लबको आयोजना एव भीमदत्त नगरपालिका ७ वडा कार्यालयको सहकार्यमा वडा स्तरिय कबडी प्रतियोगिता भएको थियो ।

प्रतियोगिताको उपाधी भीनपा ८ले चुमेको छ । फाईनल प्रतियोगितामा भीनपा ६लाई ३६रनले हराउँदै भीनपा ८ले उपाधी चुमेको हो । भीनपा ८ले ५९ र भीनपा ६ले २३अक ल्याएका थिए । भीनपा १ र ७ तेस्रो सान्त्वना पाएका छन । विजेता टिमहरुलाई क्रमस प्रथम पुरस्कार ५५ हजार, ५सय ५५रुपैया, ३३ हजार, ३सय ३३रुपैया र सान्ताना दुई टिमलाई १५ हजार, ५सय ५५रुपैया सहित मेडल ट्रफि प्रदान गरिएको छ ।

कार्यक्तममा प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलाडीले राज्यका लागी लगाएको गुन भुल्न नसकिने भएकाले प्रदेश सरकारले समेत सहयोग गर्ने बताए । कार्यक्तममा बिशिष्ठ अतिथि सुप प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री प्रकास रावलले समेत प्रदेश सरकारले खेलाडीको मुल्याङकन गर्ने बताए । दिपज्योती क्लबका अध्यक्ष राज बहादुर चन्दले भव्यतापुर्वक प्रतियोगिता समापन गरिएको बताए ।

उत्कृष्ट खेलाडीलाई धुम्रपान निषेधका अभियन्ता मदन बहादुर चन्दले ट्याक सुट वितरण गरेका थिए । चन्दले उत्कृष्ट रेडर भुपेन्द्र बोहरा, डिफेन्सर धिरज देउवा, सर्वोत्कृष्ट खेलाडी सुशिल सुनार, अनुसासित खेलाडी भुपेन्द्र बोहरा र उदयमान खेलाडी सफल भट्टलाई ट्याकसुट दिएका थिए । यसैविच क्लबका सचिव समेत रहेका शिक्षक बुद्धिजिवी भीम कार्की समेत सम्मानित भएका छन । कार्कीलाई क्लबले प्रमाण पत्रका साथै दोसल्ला ओढाएका थिए । उक्त प्रमाण पत्र मुख्यमन्त्री खगराज भट्टले हस्तान्तरण गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img