महेन्द्रनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोधारा चाँदनी नगर समिति सचिवमा कृष्ण प्रसाद बडु चुनिएका छन् । रास्वपा नगर समितिले गत जेठमा सचिव हरि बराललाई निलम्बन गरी पदमुक्त गर्ने निर्णय गरेपछि सचिव पद रिक्त हुन पुगेको थियो । रास्वपा नगर समितिको शनिबार बसेको मासिक बैठकले रिक्त पदमा मतदान गरी सचिव चयन गरिएको छ । बैठकमा रिक्त सचिवका लागि बडु सहित तीन जना आकाँक्षी भएपछि मतदान गरिएको थियो । उनीहरुमध्ये सबैभन्दा बढी मत ल्याएर बडु सचिव भएका छन् । बडुले खसेको २० मतमध्ये ११ मत पाएका छन् । त्यसैगरी मदन राज गिरी ८ र दीपक बमले १ मत पाएका छन् ।

रास्वपा नगर सभापति पुरन कुमालले नव निर्वाचित सचिव बडुलाई बधाई तथा शुभकामना दिएका छन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीको मासिक बैठकबाट नगर सचिव पदमा निर्वाचित हुनु भएकोमा कृष्ण प्रसाद बडुजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना’ उनले भनेका छन् रास्वपा नगर समितिले निलम्बलन गरेका बरालले आगामी निर्वाचनका लागि दोधारा चाँदनी ७ को वडा अध्यक्षका लागि क्यान्डिडेट क्बलमा निवेदन दिएका छन् ।

नगर समितिको बैठकले बरालमाथि सदस्यहरुलाई भड्काउने, उस्काउने, पार्टी संगठनको काममा बाँधा पु¥याउने, धाकधम्की दिने, सार्वजनिक स्थलमा तोडफोड गर्ने लगायतका आरोप लगाउँदै पदमुक्त गर्ने निर्णय गरेको थियो । मासिक बैठकमा रास्वपाका नेता नविन चन्द लगायतका सहभागी भएका छन् ।











