महेन्द्रनगर क्याम्पस रोडको श्रीराम टे«र्डसबाट प्रहरीले अबैध समान बरामद ग¥यो


कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगर क्याम्पस रोडको एक पसलबाट नेपाल प्रहरीले अवैध समान बरामद गरेकोछ । गल्ली नम्बर ५ क्याम्पस रोडको श्रीराम टेर्डसबाट प्रहरीले भन्सार चोरीछली गरेका अवैध समान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेक बहादुर रावतले भन्सार नकाटेका झण्डै अढाई लाखका समान बरामद गरेर भन्सार बुझाएको बताए । प्रहरीले भन्सार चोरीछलीका गरेका अवैध समान बरामद गर्दै भन्सार बुझाएपछि कतिपय व्यवसायीले यसलाई प्रहरीको उक्त कार्बाहीलाई कानून कार्यान्वयन भनिरहेका छन, भने कतिपयले सीमा क्षेत्रमै कडाई गर्नुपर्ने यसरी व्यवसायीकै गोदाम घरमै पुगेर त्रसित पार्ने काम बन्द गर्नुपर्नेमा जोडदिएका छन ।

कतिपय व्यवसायीहरुले विगतमा प्रहरीले यसरी अवैध समानको कारोबार गर्नेमाथि महिनावारी लिने अनि दिनेमाथि चुपचाप नदिनेमाथि बरामद गर्दै आएका टिकाटिप्पणी गरिरहेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img