भीनपा ११का वडाध्यक्ष प्रकास थापाको पुण्य कर्म : आफुले पाएको भत्ता बाफतको रकम बेसाहरा नागरिकलाई नगद र सुरक्षा समाग्री


कञ्चनपुर: कञ्चनपुरको एक जनप्रतिनिधी (वडाअध्यक्ष)ले आफुले पाउने मासिक भत्ता बाफतको रकमबाट दशैँ तिहार मनाउनका लागि बेसाहरा नागरिकलाई वितरण गरेका छन । भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकास थापाले आफुले पाएको रकम वडाका बेसाहरा नागरिकलाई वितरण गरेका हुन ।

वडाध्यक्ष थापाले दुईसय १५ वडाका नागरिकलाई नगदका साथै सुरक्षा समाग्री वितरण गरेका छन । शुक्रबार एक कार्यक्रमका विच वडाध्यक्ष थापाले नगद चारसय ५० सहित छाता र चर्ट वितरण गरेका हुन । वडाध्यक्ष थापाका अनुसार वडाका जेष्ठ नागरिक, बेसाहरा, अपाङ्गता, एकल महिला, आदिवासी जनजाती, दलित सहितका विपन्न समुदायलाई दशैँ तिहार मनाउन नगदका साथै सुरक्षा समाग्री वितरण गरिएको छ । विगतका दशैँ, तिहार, नयाँ बर्षमा यसरी नै विपन्न समुदायलाई सहयोग गर्दै आएका थिए ।

नेवि संघ विद्यार्थीबाट काँग्रेसको राजनीतिमा आएका थापाले चुनावका बेलामा पनि समाजिक कामकाज गर्ने चुनावी एजेण्डा अघि सारेका थिए । ‘मैले विद्यार्थी हुँदादेखि अहिलेसम्म समाजिक काम गर्दै आएको छु, ‘उनले भने, ‘त्यसको निरन्तरता हो ।’ दशैँकै मुखमा नगदका साथै सुरक्षा समाग्री पाएपछि स्थानीय खुसी भएका छन ।

स्थानीय रतना लुहारले वडाध्यक्ष प्रकास थापाले आफुले पाउने निजी रकम समेत आफुहरु जस्ता गरिब विपन्नलाई सहयोग गरेको भन्दै खुसी व्यक्त गरिन् । अर्का स्थानीय जहन मगरले दशैँका बेला वडाध्यक्ष थापाबाट नगदका साथै छाता, टर्च पाएपछि घरखर्च चलाउने बताए । वडाध्यक्ष थापाले उक्त समाजिक काम गर्दै सहकर्मी समेत रहेका काँग्रेस भीमदत्त नगरका तत्तकालिन स्वर्गिय नगर सभापति अच्युत कलौनी सहितका नेता कार्यकर्ताहरुलाई सम्झिए ।


Loading Viewer...

ताजा समाचार

spot_img