चाडपर्व नजिकिए संगै ट्राफिक प्रहरीले दोधारा चाँदनीमा सवारी साधनको चेकजाँच कडा


पप्पु गुरुङ्ग, दोधारा । चाडपर्वको समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा लागूऔषधको ओसारपसार नियन्त्रण गर्न दोधारा चाँदनी नगरपालिकामा सवारी चेक जाँचलाई तीव्र पारिएको छ् । दोधारा चाँदनीको ईलाका प्रहरी कार्यालयमा रहेको अस्थायी ट्राफिक कार्यालयले चाडपर्वको समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन तथा लागूऔषधको ओसारपसार नियन्त्रण गर्न सवारी साधान माथी चेक जाँच कडा बनाएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक कृष्ण शोनीले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका मुख्य तथा शाखा सडकहरुमा नियमित चेकजाँचलाई तिब्र बनाईएको उहाँले बताउनुभयो ।

सवारी साधनको जाँच, शंकाष्पद व्यक्ति तथा गतिविधि माथि निगरानी बढाइएको प्रहरी निरिक्षक कृष्ण शोनीले बताउनुभयो । लागूऔषधको ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि समेत विशेष निगरानी र जाँचलाई प्रभावकारी बनाइए प्रहरी निरिक्षक शोनीको भनाई छ् । बिशेष गरि महाकाली पक्की पुल आसपास क्षेत्रमा प्रहरीले सवारी चालकको मापसे परीक्षण गर्नुका साथै चालक अनुमति पत्र तथा आवश्यक सवारी कागजात समेत जाँच गरिरहेको छ् ।

नियमविपरीत कार्य गर्ने चालक तथा सम्बन्धित व्यक्ति माथि दैनिक रुपमा आवश्यक कानुनी कारबाही अघि बढाइएको ईलाका प्रहरी कार्यालयले जनाएको छ् ।


Loading Viewer...

ताजा समाचार

spot_img