कञ्चनपुर : कञ्चनपुरको उत्तरी चुरे फेदको एक बस्तीमा सरक्षित अजिङगर फेला परेको छ । भीमदत्त नगरपालिका ९ब्रम्हदेब मटैना गाँउमा सरक्षित रकपाईथन अजिङगर फेला परेको हो ।

गयराती हिरासिह साउदको घर छेउमै फेला परेको उक्त अजिङगरको उद्दार गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका जमदार अर्जुन थापा नेतृत्वको टोलीले अजिङगरको उद्दार गरेर निकुञ्जमा छाडिएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका जमदार अर्जुन थापाले साढे १२फिट लामो, १९ किलोको उक्त अजिङ्गगर बुधबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छाडिएको बताए । विषालु रहित भएपछि उक्त अजिङ्गगरले आहारा नपाएपछि मानिसलाई बेरेर मार्दै आएको छ ।

उक्त अजिङ्गर धानमा मुसा खानका लागि गाँउबस्ती पसेको जनाईएको छ । दक्षिण एसियाको नेपाल भारत सहितका देशमापाईने रकपाईथन अजिङगर सरक्षित जिप हो । जमदार थापा नेतृत्वमा पछिल्लो एक बर्षमा जिल्लाका विभिन्न स्थानबाट १५ अजिङगर उद्दार गरेर निकुञ्ज छाडिएको छ ।










