
कञ्चनपुर : नेपाल विद्यार्थी संघ कञ्चनपुरका अध्यक्ष नरेश पण्डित देउवा पक्षीय काँग्रेसले क्षेत्र १बाट महाधिवेशन प्रतिनिधीमा निर्बिरोध निर्वाचित भएका छन । नेवि संघ नेता समेत रहेका पण्डित कञ्चनपुर १ बाट महाधिवेशन प्रतिनिधीमा निर्बिरोध निर्वाचित भएका हुन । पाटीको नियमित महाधिवेशनबाट २८ बर्षिया जेनजी युवा नेता विद्यार्थी नेता समेत रहेका पण्डित महाधिवेशन सदस्यमा निर्बिरोध भएको जनाएको छ । देउवा पक्षले उक्त महाधिवेशनलाई नियमित भएको दावि गर्दै आएको छ ।

यसका साथै क्षेत्र १ बाट तोय प्रशाद शर्मा, भुलिया राना, मोहन ब. सिह, नविन तिम्लिसिना, कल्पना श्रेष्ठ, तिर्थराज उपाध्याय, बैदार राना, कृष्ण ब. तामाङ्ग, तुलसी अर्याल, मनिसा बोहरा, बन्दु राना, सुक ब. तामाङ्ग, जगत ब. सायर अर्जुन ब. सिह, राधिका जोशी, पावती थापा, दान ब. पाण्डेय, महेशराज जोशी, पुष्कर बुडाल, अश्रय खडायत, प्रकासराज पन्त, भारगती विष्ट, मोहन कुँवर, नगेन्द्र शाही, रामलाल राना, पृत बहादुर विष्ट, धन सिह कार्की, दिपेन्द्र प्रकास साउद, मनिराम उपाध्याय, कृष्णा गिरी, शेरसिह टेर, अतिराम चौधरी, हर्क सिह महता र राज ब. मल्ल रहेका छन ।

यस्तै क्षेत्रीय सभापतिमा हरिचन्द ठकुरी, क सभापति पदम देउवा र ३मा करुणाकर जोशी रहेका छन । जेनजी युवा पुस्ता अर्थात सबैभन्दा कम कान्छा उमेर समुहबाट महाधिवेशन प्रतिनिधी छनौट भएका नरेश पण्डितले पाटीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिज्ञा गरेका छन ।










