दोधारा । दोधारा चाँदनी नगरपालिकाका बिद्यार्थीहरु संग नगर प्रमुखको सिधा कुरा कार्यक्रम सञ्चालन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा न.. ८ स्थित रहेको जनज्योती माध्यमिक बिद्यालयमा नगर बिद्यार्थीहर संग नगर प्रमुखको सिधा कुरा कार्यक्रमको सुरुवात गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । दोधारा चाँदनीको ७ वटा माध्यमिक तहका बिद्यालयमा सो कार्यक्रम सञ्चालन हुने नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । कार्यक्रममा बिद्यालयमा रहेको समस्या र त्यसका निराकणको लागी के गर्नु पर्छ भन्ने बिषयमा छलफल गरिएको थियो । बिद्यार्थीहरुले बिद्यालयमा भएका समस्या र समाधानको निम्ती गर्ने कार्यको बारेमा दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुलाई सुनाएका थिए । बिद्यालयमा शौचालयको सरसफाई, शिक्षक दरबन्दी, फर्निचर निमार्ण र मर्मत लगाएत समस्या रहदै आएको बिद्यार्थीहरुले नगर प्रमुख लिम्बुलाई सुनाए ।


बिद्यार्थीहरुले बिगतका तुलनामा बिद्यालयले प्रगती गर्दै आएतापनि बिद्यालयलाई समय सापेक्ष आधुनिकरण गर्न नसकिएको गुनासो बिद्यार्थीहरुले राखेका थिए । बिद्यार्थीहरुले सुनाएको समस्या समय सान्द्रभिक रहेको बताउदै नगर प्रमुख किशोर कुमार लिम्बुले बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी संग छलफल र सहकार्य गर्दै बिद्यार्थीहरुले औल्याएको समस्या निराकण गर्नेमा दोधारा चाँदनी नगरपालिका कार्यालय प्रतिबद्ध रहेको बताएका छन् । आफ्ना मेयर संग प्रत्यक्ष भेट गरि समस्या राख्न पाएपछि बिद्यार्थीहरु खुशी भएका थिए ।

नगर प्रमुख र बिद्यार्थीको बिच प्रत्यक्ष अन्तरक्रियाले शिक्षा क्षेत्रमा रहेको समस्यालाई निराकरण गर्दै बिद्यार्थीको उज्वल भविष्य निमार्णमा सहज हुने अपेक्षा गरिएको छ् । बिगतका गरिएको बिद्यार्थीहरु संग नगर प्रमुखको सिधा कुरा कार्यक्रमले बिद्यालयमा निकै सुधार आएको बिद्यालयहरुले जनाएका छन् ।











