महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित खुलामञ्चमा जारी अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा सेमिफाइनलमा पुग्ने चार टोलिको टुंगो लागेको छ।

शुक्रबार भएका क्वाटरफाइनलका खेलबाट तेस्रो बासुदेव स्मृति अन्तरविद्यालय स्तरीय यू-१६ सेभेन ए-साइड फुटबल प्रतियोगिता २०८३ को सेमिफाइनलमा पुग्ने चार टोलिको टुंगो लागेको प्रतियोगिता संयोजक गौरभ बोहराले बताउनु भयो।

भोलि सेमिफाइनलको पहिलो खेल सरस्वती माध्यमिक विद्यालय झरनासागर बेल्डाँडी गाउँपालिका-०१ र बैजनाथ माध्यमिक विद्यालय भीमदत्त नगरपालिका-०४ महेन्द्रनगरका बिच दिउँसो ३ बजे रोमाञ्चक खेल हुने छ।

भने दोस्रो सेमिफाइनल खेल कञ्चन विद्या मन्दिर महेन्द्रनगर र ओम पुष्पा अञ्जली बोर्डिङ स्कुल दोधारा चाँदनी नगरपालिका बीच हुने छ। उक्त दुबै खेलमा विजेता टिम तेस्रो बासुदेव स्मृति सेभेन ए-साईड छात्र यू-१६ अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता २०८३ को अन्तिम दुईमा स्थान सुरक्षीत संगै उपाधिका लागि असोज २५ गते दिउँसो ३ बजे भिड्नेछन्।










