कञ्चनपुर, : कञ्चनपुरमा सेटिङ्गमा काठ बिक्रि वितरण भईरहेको भन्दै एक राजनैतिक दलले डिभिजन वनमा डेलिगेशन दिएको छ । सेटिङ्गमा काठ बिक्रि वितरण गरेर बेथिति मच्चाएको भन्दै नेपाल कम्युनिष्ट पाटी.(बहुमत)ले डिभिजन वन कार्यालय कञ्चनपुरमा डेलिगेशन दिएको हो ।

सोमबार डिभिजन वन कार्यालय कञ्चनपुरमा जिल्ला इन्चार्ज रामदत्त भट्ट लगायतका नेताहरुले काठ बिक्रि वितरणमा बेथिति भएको भन्दै रोक्नुपर्ने माग अघि सारेको जनाएको छ ।
नेकपा बहुमत कञ्चनपुरका जिल्ला इन्चार्ज रामदत्त भट्टले जिल्लामा सेटिङ्गमा काठ बिक्रि वितरण भईरहेको ब्यापक गुनासो आएपछि डिभिजन वन कार्यालयमा डेलिगेशन दिएको बताए ।

उनले केही वन कार्यालयका कर्मचारी, सामुदायिक वनका केही पदाधिकारीदेखि काठ व्यवसायीहरुले शुरुवाती चरणदेखि सेटिङ्ग गरेर काठ बिक्रि वितरण गरेर सरक्षणकर्मीमाथि अन्याय गरेको भन्दै त्यस बिरुद्धमा पाटीले गम्भिरताका साथ लिएको बताए । ‘हामीले अहिले डिभिजन वन अधिकृत(कार्यालय प्रमुख) ज्यूसंग यस विषयमा कुरा राखेका छौँ, ‘उनले भने, ‘वन अधिकृत ज्यूले पनि काठ सेटिमा कर्मचारीमा संलग्नता भएको प्रमाण भेटिए कार्बाही गर्छु भन्ने आश्वासन आएको छ।’ उनले काठ बिक्रि वितरणमा अनियमिता भए संघर्षको चेतावनी दिएका छन ।

नेकपा बहुमत कञ्चनपुरका सेक्रेटरी पुष्कर सिह भण्डारीले वनदेखि, पदाधिकारी काठ व्यवसायीहरुले सेटिङ्गमा काठ बिक्रि वितरण गरेको गुनासोमा पाटीले समयमै खबरदारी गरेको बताए । ‘हामीसंग कञ्चनपुर जिल्लाभरी काठमा कमिसनदेखिका लेनदेन भएका जनगुनासो आएका छन, ‘उनले भने, ‘आएका जनगुनासाप्रति हामीले गम्भिर चासो राखेर वनमा बुझेर अव उपरान्त यस्ता घटना नदोहो¥याउन आग्रह गरेका छौँ ।’
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मी जोशीले जिल्लामा काठ बिक्रि वितरणमा सेटिङ्ग नभएको दावि गर्दै सामुदायिक वनले काठ दाउरा संकलन बिक्रि वितरणमा अनियमिता भएको भेटिए, कर्मचारीको सेटिङ्ग भेटिए कानूनी कार्बाही गर्ने चेतावनी दिए । ‘यही बहुमतका साथीहरुले भने जस्तो कतै हाम्रा कर्मचारी संलग्नता भएको भेटिए, कानुनी कार्बाही गर्छु, ‘उनले भने, ‘यसमा कुनै सम्झौता हुदैन ।’ बहुमत कञ्चनपुरले देशमा दुई तिहाईको सरकार हुँदा सुशासनलाई चुनौती दिएर यसरी सेटिङ्गमा काठ बिक्रि वितरण रोक्न समेत सरकारसंग आग्रह गरेका छन ।










