महिला स्वास्थ्य स्वयंसेविका र आमा समुहद्धारा भोटेकोशीका बाढी पिडितहरुलाई सहयोग


कञ्चनपुर । रसुवाको भोटेकोशी नदीमा आएको बिनासकारी भिषण बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ्ग जिल्लामा भएको धनजनको क्षति र त्यसबाट सिर्जित परिस्थितिको कारण सर्वस्व गुमाएका पीडितहरुको लागी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र आमा समुहहरुले नगद सहयोग रकम पठाएको छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ६ देखि १० सम्मका ५ वटा वडाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाबाट रु. ५० हजार, वडा नं. ७ अन्तर्गतका ११ वटै आमा समुहका सदस्यहरुबाट रु. ८७ हजार २ सय ८० रुपिँया र वडा नं. ७ का कार्यरत महिला स्वास्थ्य स्वयं सेविकाद्वारा ब्यक्तिगत रुपमा संकलित सहयोग रकम रु. १० हजार ८ सय ३० रुपिँया गरि जम्मा रु. १ लाख ४८ हजार १ सय १० रुपिँया रकम दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीको समन्वय र रोहवरमा नेपाल सरकार को प्रधानमन्त्री दैविक प्रकोप कोषको खातामा जम्मा गरिएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले जनाएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img