महाकाली यातायातको अध्यक्षमा नविन भट्ट निर्वाचित


कञ्चनपुर : कञ्चनपुरको महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रालिको अध्यक्षमा युवा यातायात व्यवसायी नविन भट्ट निर्वाचित भएका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर केन्द्रीय कार्यालय रहेको महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रालिको अध्यक्षका भट्ट निर्वाचित भएका हुन । महाकालीको १८औँ कार्य समिति चयन लागि ५असोज(सोमबार) भएको निर्वाचनमा उनले आफ्ना प्रतिस्पर्धी विष्णु कडेललाई ५ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । भट्टले एकसय ७५ र कडेलले एकसय ७०मत ल्याएका थिए ।

१७औँ कार्य समितिका लागि भएको निर्वाचनमा समेत भट्ट डम्बरराज पन्तसंग ११मतले पराजित भएका थिए । उतिबेला भट्टले १सय ५९ र पन्तले १सय ७०मत ल्याएका थिए । अहिले भट्ट कँडेलसंग ५ मतको अन्तरले जितेका छन । अहिले १६ मत बढाउन सफल भएसंगै नेतृत्वमा पुगेका छन । संचालक समितिका सदस्य तर्फ धिरेन्द्र बहादुर चन्द २४८, खगेन्द्र भट्ट २४० पुष्करराज जोशी २३६, रमेश थापा २३१, पदमसिह भाट २२२, देवराज जोशी २१७, आनन्दराज जोशी २१५, भवानी सिह रावल २११, दिपक केसी २०२ मत ल्याएका निर्वाचित भएका छन । भने, बलराम पन्त १८२, सुरेन्द्र सिह भण्डारी १८२, अम्बादत्त जोशी १८१, सुरेन्द्र प्रशाद अवस्थी १७४,गणेश बम १६८, दिपकराज पन्त १६८, होम बहादुर पन्थी १५५, भक्त ब. मल्ल ८७ले मत ल्याएका छन । कुल चारसय ३६ कुल मतदाता रहेको महाकाली यातायात कञ्चनपुरकै पहिलो तथा देशकै प्रभावशाली यातायात हो ।

भारतको दिल्ली, देहरादुन, काठमाण्डौँ सहितका स्थानीय सहित विभिन्न गन्तव्यका लागि यातायात सेवा प्रदान गर्दै आएको छ । यस अघि पनि अध्यक्षको जिम्मेबारी सम्हालिसकेका भट्ट फेरी महाकालीको नेतृत्वमा आएका छन । उनले समग्र यातायात व्यवसायीहरुको हकहितका साथै यातायात सेवा झन प्रभावकारी, गुणस्तर एव सुरक्षित बनाउने संकल्प गरेका छन । महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रालिका निर्वतमान अध्यक्ष डम्बरराज पन्तले नवनिर्वाचित अध्यक्ष सहितका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै बृद्धि स्तरिय कामकाजमा सुझाव दिए । मंगलबार एक कार्यक्रममा विच नवनिर्वाचित अध्यक्ष सहितका संचालक समिति सदस्यहरुको पदभार तथा सपथ ग्रहण गराईएको छ । मुख्य निर्वाचन अधिकृत प्रकास बहादुर पाण्डेयले सपथ ग्रहण गराएका छन । निर्वाचन उप समितिमा मुख्य निर्वाचन अधिकृत पाण्डेय सहित, निर्वाचन अधिकृत अर्जुन बहादुर कार्की, मदन क्षेत्री, निर्वाचन प्राविधिक अधिकृत गणेश सिह ऐरी रहेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img