कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा तेस्रो मेयर कप प्रतियोगिताको तयारी सुरु भएको छ् । आउदो ९ गते दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजारको खेलमैदानमा तेस्रो मेयर कप प्रतियोगिताको तयारी सुरु गरिएको दोधारा चाँदनी नगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष तेजराज गिरीले जानकारी दिनुभएको छ् । प्रतियोगिताको तयारीको लागी बाबाथान खेलमैदानमा सरसफाई गरिएको उहाँले बताउनुभयो । दोधारा चाँदनी नगरपालिका खेलकुद बिकास समितिका पदाधिकारी, नगर प्रहरी, स्थानियबासीको सहयोगमा सरसफाई गरिएको नगर खेलकुद बिकास समितिका अध्यक्ष तेजराज गिरीले बताउनुभयो ।

प्रतियोगितामा दोधारा चाँदनी नगरपालिका क्षेत्रका १५ फुटवल टिमको सहभागी उहाँले बताउनुभएको छ् । तेस्रो मेयर कप प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफी, प्रमाण पत्र सहित नगद धनरासी रु. ७१ हजार १ सय ११ रुपिँया र द्धितिय हुने टिमलाई ट्रफी, प्रमाण पत्र सहित नगद धनरासी रु. ५१ ह्जार १ सय ५१ रुपिँया आयोजक संस्था दोधारा चाँदनी नगरपालिका खेलकुद बिकास समिति दोधारा चाँदनीले जनाएको छ् ।











