प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता


धनगढी : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मिया र मुख्यमन्त्री खगराज भट्टबीच भेटवार्ता भएको छ ।
प्रदेश प्रमुखको निवासमा भएको भेटवार्ताका क्रममा मुख्यमन्त्री भट्टले प्रदेश सरकारको बजेट लेखनमा भइरहेको प्रगति तथा तयारीका विषयमा प्रदेश प्रमुख मियालाई जानकारी गराउनुभएको थियो ।

मुख्यमन्त्री भट्टले छिट्टै बजेट ल्याएर प्रदेशमा देखिएको बजेट शून्यता अन्त्य गर्ने तयारी भइरहेको जानकारी गराउनुभएको थियो । भेटका क्रममा प्रदेशको समग्र विकास, सेवा प्रवाह तथा समसामयिक अन्य विविध विषयमा समेत प्रदेश प्रमुख मिया र मुख्यमन्त्री भट्टबीच छलफल भएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img