जगबुडा नदीमा बेपत्ता भएका कञ्चनपुरका एक बृद्धको सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ। बुधबार जगबुडामा बेपत्ता भएका दोधारा चाँदनी नगरपालिका– ९ का ७२ वर्षीय मान बहादुर गुरुङको जीवितै उद्धार गरिएको हो।

देउरालीघाट क्षेत्रबाट जगबुडामा डुबेका गुरुङलाई सशस्त्र प्रहरी बलले उद्धार गरेर अस्पताल पुर्याएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हे.क्वा शैलेश्वरीका गणपति एसपी प्रेम प्रकाश सिग्देलका अनुसार बिहान १०ः५० बजेतिर गुरुङ बेपत्ता भएको खबरपछि खटिएको सशस्त्रको टोलीले ११ः५५ बजेतिर जीवितै फेला पारेर दोधारा नगर अस्पताल पुर्याएको हो।

डिएसपी प्रभातकुमार गौतमको नेतृत्वमा खटिएको विपत् व्यवस्थापन टोलीले वृद्धलाई उद्धार गरेर अस्पताल पुर्याएको थियो। नदी किनारमा भेटिएको चप्पलका आधारमा सशस्त्रले खोजी कार्य गरेको थियो।











