दोधारा । राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा) कञ्चनपुरको अध्यक्षमा केशव बहादुर खत्री चयन भएका छन । बुधबार महेन्द्रनगरमा सम्पन्न भएको राप्रपा कञ्चनपुरको सातौँ जिल्ला अधिवेशनबाट अध्यक्ष खत्री सर्वसम्मत चयन भएका हुन ।

दोधाराचाँदनी नगरपालिका ५ का वडाध्यक्ष समेत रहेका खत्रीको काँधमा राप्रपा कञ्चनपुरको कार्यभार थपिएको छ ।

सदस्यहरुमा कैलाश भट्ट, हरिचन्द्र भट्ट, भगीरथ भट्ट, माया रावल, हेलेन श्रेष्ठ, ठगसिह धामी, नन्दा खत्री, धनसिह धामी, केशव राज जोशी, दिल बहादुर नाथ, गोबिन्द सिह ऐर, उपदेश सिह, सुरेन्द्र कुँवर, गंगा कठायत, बिर सिह साउद, कल्लु राना, सुरेन्द्रराज घिक्त, प्रकास दत्त भट्ट, नर बहादुर सिह, सुकमान सुनार, सुर्य बहादुर शाही, प्रेमसिह साउद र छज्जु राना चयन भएका छन ।

राप्रपा कञ्चनपुरको अध्यक्षमा चयन भएका नवनिर्वाचित अध्यक्ष केशव बहादुर खत्रीले जिल्लामा राप्रपालाई स्प्रीडमा लग्ने योजना रहेको बताए । ‘यो एउटा भ्रम चिरिएको छ, राप्रपामा बुढापाखा मात्रै हुन्छन, भन्ने मेरो नेतृत्वले चिरेको छ, ‘उनले भने, ‘राप्रपामा अब युवा पुस्ताको काँधमा आएको छ ।’ ‘जिल्लाको विकास निर्माण एव विकृतीलाई हटाउँदै जान्छु, ‘अध्यक्ष खत्रीले भने, ‘राप्रपालाई एकिकृत रुपमा अघि बढाउँछु ।’ राप्रपा कञ्चनपुरको नेतृत्व पाएसंगै भावि निर्वाचनमा राप्रपालाई सफलताको शिखरमा पु¥याउने उनको प्रतिबद्धता छ । साथै पाटीलाई एकढिक्का रुपमा अघि बढाउने सकल्प लिएका छन । राप्रपा कञ्चनपुरको अध्यक्षमा चयन भएका खत्रीलाई निवर्तमान अध्यक्ष गजेन्द्र बहादुर चन्दले माईन्युट हस्तान्तरण गरेका छन । भने, निवर्तमान जिल्ला अध्यक्ष चन्द सहित केन्द्रीय नेताहरु तिर्थराज चटौत, पूर्ण बहादुर चन्द, अशाेक सिहं,कञ्चनपुर जिल्ला निर्वाचन संयाेजक सुर्य बहादुर चन्द सहितका नेता कार्यकर्ताहरुले बधाई ज्ञापन गरेका छन ।










