कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ समेत रहेकी संघीय सरकारकी मन्त्री प्रतिभा रावल दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधी र स्थानियबासीहरु संग छलफल गर्नुभएको छ् । भूमि व्यवस्था सरकारी संघीय मामिला तथा समान्य प्रशासनमन्त्री प्रतिभा रावलले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा भुमी व्यवस्थापन, सहकारी समस्याको बिषयमा स्थानियबासी र जनप्रतिनिधी संग छलफल गर्नुभएको हो । भूमि व्यवस्था, सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका जनगुनासो सुन्ने, सहकारी क्षेत्रका समस्या तथा उक्त क्षेत्रका भूमिहीन, सुकुम्बासी जनता संग र सम्बन्धित सरोकारवाला संग भेटघाट गर्ने कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा स्थानियबासी तथा जनप्रतिनिधीहरु संग छलफल गरिएको मन्त्री प्रतिभा रावलले बताउनुभएको छ् ।


मन्त्री रावलले जनताको गुनासा सुन्नुको साथै बर्तमान ससरकारले गर्दै आएको जग्गाधनीको पुर्जा बितरणको बारेमा छलफल गर्नुभएको थियो । जनप्रतिनिधी र स्थानियबासीहरुले जग्गाधनी पुर्जा चाडै बितरण गर्नु पर्नेमा जोड दिदै पहिलो पटक दोधारा चाँदनी नगरपालिकाका जनताको गुनासा सुन्न आउनुभएको भन्दै मन्त्री प्रतिभा रावललाई धन्यबाद दिएका थिए । संघीय सरकारकी मन्त्री प्रतिभा रावलले निमार्णधिन सुखाबन्दरगाहा निमार्णको अनुगमन गर्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर सभापती पुरन कुमालले बताउनुभएको छ् ।


मन्त्रीले जिल्ला भ्रमणमा क्रममा चुनावका बेला गरिब भूमिहिन जनतालाई लालपुजा दिने बर्षौ देखि आरक्षपीडितको समस्या देखि जकल्टिएको सरकारी निकायमा हुने संस्थागत भ्रष्टाचार अन्त्यका लागि ध्यानाकर्षण गराईएको सभापती कुमालले बताउनुभयो । बर्षौ देखिका भूमि समस्या देखि सरकारी निकायमा हुने बेथिति, अनियमितता, भ्रष्टाचार अन्त्यका लागि मन्त्री रावल संग नागरिक आशावादी रहेका छन् ।











