जनसरोकार पोष्ट राष्ट्रिय दैनिकद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टलाई उपचार खर्च


कञ्चनपुर : सुदूरपश्चिम प्रदेश बैतडी र कञ्चनपुरबाट प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले आफ्नो बार्षिकोत्सवको अवसरमा बिरामी पत्रकार राजेन्द्र विष्टलाई उपचार खर्च सहयोग गरेको छ । जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले आफ्नो १४औँ बार्षिकोत्सवको अवसरमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग गरेको हो । जनसरोकार पोष्ट राष्ट्रिय दैनिकका प्रकाशक एव प्रधान सम्पादक राजेन्द्र प्रशाद अवस्थीले पत्रिकाको बार्षिकोत्सवको अवसरमा मृत्युसंग लडिरहेका सहकर्मी पत्रकार विष्टको उपचारका लागि नगद ५हजार १सय रुपैया सहयोग गरेको बताए । ‘पत्रिकाको खुसियालीमा बीर अस्पतालमा उपचारार्थ पत्रकार विष्टलाई उपचारमा सानै भएपनि सहयोग गरेका छौँ, ‘उनले भने, ‘आफ्नो खुसीमा सहकर्मीको स्वाथ्य सुरक्षाका लागि सानै भएपनि सहयोग गरेका छौँ ।’ नेपाल पत्रकार महासंघ कञ्चनपुरका साधारण सदस्य, एमाले निकट प्रेस चौतारीका पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका पत्रकार विष्ट हाल राष्ट्रिय समाचार समिति (रासस केन्द्रीय कार्यालय काठमाण्डौँ)मा कार्यरत छन ।

बीर अस्पतालमा उपचारार्थ रहेका विष्ट जटिल रोगका कारण उपचारमा थुप्रै रकम खर्च हुने भएकाले उनको उपचारका लागि आब्हान गरिएको छ । झण्डै अढाई दशकदेखि सकृय पत्रकारिता गर्दै आएका विष्टको उपचारमा सक्दो सहयोगका लागि समेत जनसरोकार पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अवस्थीले आब्हान गरेका छन । नेपाल पत्रकार महासंघ कञ्चनपुरका निर्वतमान सचिव एव नेकपा निकट प्रेस सेन्टरका केन्द्रीय सचिव समेत रहेका दैनिकका सम्पादक अवस्थीले बिरामी पत्रकार विष्टलाई पठाएको ट्रान्सर्फर भौचर बिहीबारै नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई हस्तान्तरण गरेका छन । दैनिक पत्रिकाको बार्षिकोत्सवको अवसरमा आयोजित बिरामी पत्रकारलाई सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले सहकर्मी संकटमा रहेका बेला यसरी नै आफ्नो खुसियालीमा सक्दो सहयोग, हातेमालो गर्नुपर्ने बताए ।

‘आज यस जनसरोकार पोष्ट राष्ट्रिय दैनिकको १४औँ बार्षिकोत्सवमा दैनिकबाट सानै भएपनि बिरामी पत्रकार सहकर्मी राजेन्द्र विष्टको उपचारका लागि गरेको प्रयास नै सरानिय छ, ‘उनले भने, ‘यसरी नै आफ्ना सहकर्मीको दुखतमा साथ दिनु हाम्रो समाजिक दायित्व हुन जान्छ ।’ पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीले बिरामी पत्रकार विष्टको उपचारका लागि आ–आफ्नो ठाँउबाट सक्दो सहयोगका लागि आब्हान गरेका छन । १४ बर्षदेखि जनसरोकार पोष्ट राष्ट्रिय दैनिकले सुदूरपश्चिमका अभावदेखिका बेथिति, भ्रष्टाचार बिरुद्ध समसायिक विषयमा मुद्दा उठान गर्दै आएको छ । पत्रिकाको बार्षिकोत्सवको अवसरमा सहकर्मीदेखि सरोकारवाला निकाय प्रतिनिधीले पत्रिकालाई हार्दिक बधाई तथा शुभकामना दिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img