वन निर्देशनालयको छानबिन टोलीको निष्कर्ष कञ्चनपुरका रुख कैलालीले काट्न दिएदेखि बदमासी भयो

धौलेपानीको काठ बरामद प्रकरण


कञ्चनपुर : सुदूरपश्चिम प्रदेश कैलाली, कञ्चनपुरको उत्तरी चुरे धौलेपानी राष्ट्रिय वनबाट बरामद गरिएको काठ कञ्चनपुरकै भएको एक छानबिन टोलीले निष्कर्ष निकालेको छ । गत १५ साउन ०८३मा धौलेपानी राष्ट्रिय वनको काठ कृष्णपुर १ दिपेन्द्र स्मृति सामुदायिक वन सहितका क्षेत्रबाट बरामद गरिएको काठ छानबिनका लागि गठित क्षेत्रीय वन निर्देशनालयको छानबिन टोलीले उक्त काठ कञ्चनपुर भूगोलकै भएको निष्कर्ष निकालेको हो । झण्डै डेढ हजार क्युफिट अवैध रुपमा टेक्टरमा ओसारीरहेको उक्त सालको काठ डिभिजन वन कार्यालय कञ्चनपुर सहित प्रहरीको संयुक्त टोलीले बरामद गरेको थियो । अहिले घाटगदीको समय समेत नभएकाले गैर कानुनी रुपमा कैलाली वनका कर्मचारीको मिलोमतोमा तस्करी हुन लागेको भन्दै सरोकारवाला सरक्षणकर्मीबाट आवाज उठे लगत्तै क्षेत्रीय वन निर्देशनालयले वन अधिकृत बाल मुकुन्द भट्टको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

सुदूरपश्चिम प्रदेश वन निर्देशनालयले गरेको छानबिन प्रतिवेदन अनुसार धौलेपानीमा कटान गरिएका रूख कञ्चनपुरको क्षेत्रमा पर्ने देखिएको र कञ्चनपुरको काठ डिभिजन वन कार्यालय कैलालीलाई काट्नेदेखिका घाटगदी कसले अनुमती दिएको निष्कर्ष निकालेको जनाएको छ । सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले छानबिन प्रतिवेदन अनुरुस उक्त बरामद गरिएको काठ कञ्चनपुरकै रहेको निष्कर्ष निकालेको बताए । ‘छानबिन प्रतिवेदनले रूख कटान गरिएको क्षेत्र कञ्चनपुरमा पर्ने देखाएको छ,’ उनले भने, ‘धौलेपानी विवादित क्षेत्र हो भन्ने थाहा हुँदा हुँदै सोही क्षेत्रका कटान आदेश किन दिइयो ?, अहिले ढुवानीको समय पनि होईन, प्रतिवेदनका आधारमा थप छानबिनदेखि कारबाही प्रक्रिया अघि बढाइएको छ, निर्देशनालयले डिभिजन वन कार्यालय कैलालीका प्रमुख ठाकुरलाई स्पष्टीकरण सोधिसकेको हो, अहिले बर्खायाममा घाटगद्दी गर्ने उपयुक्त समय नहुँदा पनि किन गरियो, विवादित ठाउँ हो भन्ने थाहा हुँदाहुँदै पनि सोही क्षेत्रमा किन कटान आदेश दिइयो ? र अरू कुनै कर्मचारीको संलग्नता छ भने कारबाही गरिएको छ वा छैन ? भनेर स्पष्टीकरण सोधिएको छ ।’

चुरेको वनमा कटान गरिएको उक्त काठ अवैध नदेखिएपछि विवादित क्षेत्रमा कटान आदेश दिनु गलत भएको र बर्खायाममा घाटगद्दी तथा ढुवानीको काम गलत देखिएको यसले थप आशका उब्जाएको उनले बताए । क्षेत्रीय वन मात्रै होईन लगत्तै डिभिजन वन कार्यालय कैलालीले पनि वरिष्ठ वन अधिकृत जिवछ यादव संयोजकत्वमा वन अधिकृत चन्द्र बहाुदर भण्डारी, प्रशासन अधिकृत यज्ञ नारायण श्रेष्ठ सदस्य रहने गरेर छानबिन समिति गठन गरेको थियो । भने, डिभिजन वन कार्यालय कञ्चनपुरले बरिष्ठ वन अधिकृत विषेश्वर प्रशाद जोशीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । कैलाली डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले उक्त काठ कैलालीकै भएको दावि गर्दै आफ्नो छानबिन टोलीले अध्ययन गरिरहेको बताउँदै निर्देशनालयबाट सार्वजनिक भए आफुहरुपनि सार्वजनिक गर्ने बताए ।

जबकी अनाधिकृत रुपमा काठ ओसार्ने काठ तस्कर समुहलाई सघाउ पु¥याउने काम गरेको कैलाली डिभिजन वन कार्यालयका कर्मचारीमाथि आरोप छ । माथिल्लो तहबाट छानबिन समिति गठन गरिपनि त्यस बिरुद्धमा वास्तविकता विषयान्तरणका लागि डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामविचारी ठाकुरमाथि समेत गम्भिर आरोप लागेको छ । निर्देशनालयको छानबिन टोली मात्रै विवारहित काबिल वन अधिकृत बालमुकुन्द भट्ट नेतृत्वको छानबिन टोलीले सत्यतथ्य बाहिर ल्याउने हतास मनस्थितिले कैलालीले त्यस बिरुद्ध छुट्टै समिति गठन गरेको वनकै कर्मचारीको दावि थियो । माथिल्लो निकायबाट गठन भएको छानबिन समिति बिरुद्ध आफ्नै छुट्टै किन गरिएको विषयमा वनकै कर्मचारी मात्रै होईन,सरक्षणकर्मीदेखि सर्वसाधारण समेत अचम्मित भएका छन । डिभिजन वन प्रमुख ठाकुरले सात दिनभित्र प्रतिवेदन पेश गर्न समय दिएसंगै काठ बरामद भएको सव डिभिजन वन कार्यालय वाणीमा पुगेका कर्मचारीहरुलाई स्थानीयले फकाईदिएका थिए । कैलाली डिभिजन वन कार्यालयका प्रमुख ठाकुरले काठ व्यवसायी तस्कर समुहसंग मिलोमतो गरेर बहुमुल्य काठ तस्करी गराउन खोजेको स्थानीयको आरोप थियो । जहाँ गयो त्यही पटक पटक वाद विवादमा आउने वन हाकिमका कारण सुप प्रदेशको वन, वन्यजन्तु नासिदै गएको जनताको गुनासो छ ।

साउन महिनामा कटानी, घाटगदी जस्ता कामकाज पूर्ण बन्द यति गर्नुपर्ने भै भएपनि बस्तुगत प्रमाणित सहित माथिल्लो निकायको आदेश बिना गर्न नपाउने अवस्थामा पनि कैलाली डिभिजनकै मिलोमतोमा यसरी काठ तस्करीका लागि बनाईएको योजना जनतादेखिका अन्य सरकारी निकायको चनाखोपनले चुहिएको छ । सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेश दत्त जोशीले टाँचा बिनैको अवैध काठ आएको बताए । ‘साउन महिनामा काठ बन्द हुन्छ, ‘उनले भने, ‘यसरी वनमा प्रवेस पनि बन्द हुन्छ, दिपेन्द्र सामुदायिक वनमा राखेर छाडियो किन ?, सत्यतथ्य छानबिन गरेर कार्बाही नगरे संरक्षणकर्मी आन्दोलिन हुन्छन ।’ सेटिङ्गमा आएको काठ भन्ने सुन्नमा आएकाले यसमाथि सत्यतथ्य छानबिन गर्नुको विकल्प नभएको उनको भनाई थियो । दिपेन्द्र स्मृति सामुदाियक वन उपभोक्ता समुहले सव डिभिजन वन कार्यालय वाणीका प्रमुख भरत शाहको मौखिक आदेश निर्देशनमा उक्त काठ राखिएको जनाएको छ । वाणी सव डिभिजन वन कार्यालयका प्रमुख भरत शाहले कैलाली राष्ट्रिय वनको काठ कञ्चनपुरको दिपेन्द सामुदायिक वनमा राख्न दिएको विषयमा प्रशन गर्दा उक्त प्रशन विषयान्तर गर्दै छानबिन टोली गठन भएकाले घटनाको वास्तविकता सबै खुल्ने दोषि को को हुन ? पत्ता लाग्ने कार्बाही हुने भन्दै पन्छिए ।

वन निर्देशनालयबाट अनुसन्धानको जिम्मेबारी पाएका बरिष्ठ वन अधिकृत बाल मुकुन्द भट्टले उतिबेलै निर्देशनालयमा पत्राचार गर्दै डिभिजन वन कार्यालय कैलालीले क्षेत्राधिकार नाघेर जिल्लामा गैर कानुनी प्रवेस गरेर अनुसन्धान प्रभावित पार्नेदेखि प्रमाण नष्ट गर्ने भएकाले उक्त टोली फिर्ता गर्नुपर्ने माग अघि सारेका थिए । निर्देशनालय र मन्त्रालयको अनुमति बिना छानबिन टोलि खटाई आफ्नो क्षेत्राधिकार नाधी गैरकानूनी रुपमा सब डिभिजन वन कार्यालय बाणी प्रवेश गरेको र निज आरोपित डिभिजन बाट यसरि अनाधिकृत प्रवेश गर्दा भए गरेका प्रमाण नस्ट गर्ने, मुद्दालाई अल्मलाउने, थप प्रमाण सिर्जना गर्ने, कृतिम प्रमाण तयार गर्न सक्ने भएकाले डिभिजन वन कार्यालय कैलालीले खटिआएको कर्मचारी तत्काल जिम्मेवारी बाट हटाई अनुसन्धान कार्य अगाडी बढाउन सहयोग गरिदिनुहुन अनुरोध गर्दै निजहरुलाई जिम्मेवारी बाट नहटाए अनुसन्धान प्रभावित गर्ने प्रवल सम्भावना रहेको जनाएको छ । उक्त काठ प्रकरणमा वनकै कर्मचारीको मिलोमतो भएकै कारण राष्ट्रिय वनबाट ल्याएर सामुदायिक वन क्षेत्रमा छाडिएको समेत सरक्षणकर्मीको दावि छ । यस्ता विषयमा वनले मात्रै होईन अख्तियारदेखिका अन्य निकायबाट समेत छानबिन गरेर संलग्न सबैमाथि कार्बाहीको माग उठिरहेको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img