विपद् व्यवस्थापनको तयारीमा सतर्कता अपनाउन मुख्यमन्त्री भट्टको निर्देशन


धनगढी : पश्चिम सेती परियोजना अघि बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पश्चिम सेती जलविद्युत परियोजना निर्माण अघि बढाउन प्रदेश सरकारले आवश्यक सबै किसिमको सहयोग गर्ने बताउनुभएको छ।
भारतीय जलविद्युत कम्पनी (एनएचपिसी) का वरिष्ठ अधिकारी सुरेश मीनासँग भएको छलफलका क्रममा मुख्यमन्त्री भट्टले पश्चिम सेती परियोजना जुनसुकै अवस्थामा पनि निर्माण हुनुपर्ने बताउनुभयो।

उहाँले परियोजना सञ्चालनमा आए सुदूरपश्चिम प्रदेश मात्र नभई समग्र मुलुकको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो। छलफलका क्रममा (एनएचपिसी) का वरिष्ठ अधिकारी सुरेश मीनाले परियोजनाको पछिल्लो प्रगतिको अवस्थाबारे मुख्यमन्त्री भट्टलाई जानकारी गराउनुभएको थियो। उहाँका अनुसार परियोजनाको डीपीआर पेश भइसकेको छ भने बाँकी काम अघि बढाउन (एनएचपिसी) तयार रहेको छ। मीनाले परियोजना निर्माणका क्रममा आवश्यक पर्ने सहयोग र सहजीकरणका लागि सुदूरपश्चिम प्रदेश सरकारसँग अपेक्षा रहेको बताउनुभयो।

जवाफमा मुख्यमन्त्री भट्टले पश्चिम सेती परियोजना अघि बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संघीय सरकारसँग गर्नुपर्ने समन्वय तथा सहजीकरणमा समेत प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्ने बताउनुभयो। लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती परियोजना निर्माणले गति लिए यस क्षेत्रको पूर्वाधार विकास, रोजगारी सिर्जना र आर्थिक गतिविधिमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img