संगठन बिस्तार र पार्टी शुद्धिकरणमा दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अभियान सुरु गरेको छ् । पार्टीलाई नगर क्षेत्रमा उत्कृष्ठ बनाउन र सामाजिक कार्यमा उत्तरदायी बनाउन संगठन बिस्तार र पार्टी शुद्धिकरण गर्ने कार्यमा अघि बढाईएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर सभापती पुरन कुमालले बताउनुभएको छ् । राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीको नगर कार्य समितिको बैठकको निर्णय बमोजिम संगठन बिस्तार र पार्टी शुद्धिकरण गर्ने कार्यलाई तिब्रता दिएको उहाँले बताउनुभयो ।

संगठन बिस्तार र शुद्धीकरण अभियानले संगठनलाई बलियो बनाउन, जनता संगको सम्बन्ध सुधार्न र नेतृत्वमा पारदर्शिता ल्याउन मद्दत पुग्ने सभापती पुरन कुमालको भनाई छ् । ‘पार्टी शुद्धीकरणको अभियान चलेको छ, कोही पनि निराश हुनु पर्दैन’, रास्वपाका नगर सभापती पुरन कुमालले भन्नुभयो, अनुशासित पार्टी बनाउने दायित्व हाम्रो हो ।’

दोधारा चाँदनी नगरपालिकामा रास्वपा प्रति जनलहर बढदै गएको अवस्थामा सबै पार्टीको बिधी बिद्यानमा रहेर काम गरे नगर क्षेत्रमा आउदो प्रदेश र स्थानिय निर्वाचनमा रास्वपा पहिलो नम्वरको पार्टी हुने सभापती कुमालको भनाई छ् ।











