कञ्चनपुर : जबरजस्तीकरणी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन । करणी मुद्दामा दोषि ठहर भएका बेदकोट ४ बगुनका देवराज भट्ट पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी टेक बहादुर रावतले अदालतबाट करणी मुद्दामा दोषि ठहर भएका भट्टलाई पक्राउ गरेको बताए ।

उनका अनुसार २४ मंसिर ०८१ जिल्ला अदालतले करणी मुद्दामा भट्टलाई १बर्ष १०महिना ५दिन कैद फैसला सजाय तोकेकोे थियो । अदालतबाट दोषि ठहर भएका भट्टले कैद भुक्तानी नगरेपछि पक्राउ गरेर अदालत हुदै कारागार चलान गरिएको जनाएको छ । करणी मुद्दामा फैसला भएको डेढबर्षपछि भट्ट पक्राउ परेका छन ।











