दोधारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर सचिव हरि बराललाई पदबाट निलम्बन गरेको छ् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोधारा चाँदनीका नगर सचिव हरि बराललाई रास्वपा दोधारा चाँदनीका वडा सभापती र नगर कार्य समितिको गएको जेष्ठ १ गतेको एक बैठकले सदस्यहरुलाई भट्काउ, उस्काउने, पार्टी संगठनको काममा बाँधा पुर्याउने, धाकधम्की दिने, सार्वजनिक स्थलमा तोडफोड गर्ने हुदा सचिव बराललाई कार्वाही गरि पदमुक्त गरिएको निर्णयमा भनिएको छ् ।


नगर समिति तथा पदाधिकारी सदस्य सहित सहमती भई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुर अनुशासन बिभागलाई पत्र पठाउने निर्णय गरिएको बताईएको छ् । सामाचार श्रोतका अनुसार गएको विहिवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुर अनुशासन बिभागको एक टोलीले रास्वपा दोधारा चाँदनीका सभापतीहरुलाई भेट गरेको सामाचार श्रोतले जनाएको छ् ।











