कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाले चालु शैक्षिक सत्र ०८३मा गरेको शिक्षक दरबन्दी मिलान बिरुद्धमा एक सामुदायिक विद्यालयका प्रद्यानाध्यापक(हेडसर) अदालत पुगेकी छिन । भीमदत्त नगरपालिका ४जानकी कन्या माविकी तत्तकालिन प्रद्यानाध्यापक(हेडसर) अन्जुला भट्ट प्रशासकीय अदालत पुगेकी हुन । आफुमाथि अन्याय भएको भन्दै भट्टले नगरपालिकाको निर्णय बदरको माग दावि गर्दै अदालतमा रिट दर्ता गराएकी थिईन ।

१०बैशाख ०८३ भीमदत्त नगरपालिकाको निर्णय बदर गराउन रिट दिएकी थिईन । १०असार ०८३मा दर्ता भएको रिटमा मुद्दाको अन्तिम टुङगो नलाग्दासम्म १०बैशाख ०८३को निर्णय कार्यान्वयन नगर्न नगराउन, सरुवा पत्र समेत कार्यान्वयन नगराउन, निवेदनकलाई जानकी कन्यामै कामकाज गर्न गराउनु र चालु आर्थिक बर्षको तलबभत्ता भुक्तानी दिन समेत नगर कार्यपालिकाको कार्यालय, शिक्षा, युवा खेलकुद शाखा प्रमखको नाममा आदेश भएको छ । नगरपालिकाले जेसिज माविकी तत्तकालिन प्रअ बिमला बोगटीलाई जानकी कन्या र जानकी कन्याकी प्रअ अन्जुला भट्टलाई जेसिज मावि सरुवा गरेको थियो ।











