कञ्चनपुर : पहिलो पटक सुदूरपश्चिम विश्वविद्यालयले आफ्नै उपकुलपति(भिसी) पाएको छ । सुप विश्वविद्यालय स्थापना भएको १७औँ बर्षमा सुप विश्वविद्यालयले आफ्नै उपकुलपति(भिसी) पाएको हो । सरकारले सुप विश्वविद्यालयको उपकुलपतिमा प्राडा किशनदत्त भट्टलाई नियुक्त गरेको छ । ३असार ०६७स्थापना भएको विश्वविद्यालयमा हालसम्म फुल भिसीमा नियुक्त भएका उपकुलपति त्रिवि सहितका अन्य बाह्यी विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुले पाएका थिए ।

संस्थापक भिसीमा प्राडा.जयराज अवस्थी, क्रमस भुषण श्रेष्ठ, अम्मराज जोशी, हेमराज पन्त र सक्र्रमणकालिन समयमा छोटो अवधिका लागि सुपविमै कार्यरत प्राडा पूर्ण बहादुर चन्द, कर्ण बहादुर थापा, यज्ञराज पाठकले जिम्मेबारी पाएका थिए । फुल पाचौँ भिसीमा अहिले सुप विश्वविद्यालय ईन्जिनियर संकायमै कार्यरत पूर्व डीन प्राडा किशनदत्त भट्टले नेतृत्व पाएका छन ।
यस अघि राजनैतिक भागबण्डाका आधारमा उपकुलति नियुक्त हुने गरेको भएपनि रास्वपा नेतृत्वको सरकारले यस पटक विश्वविद्यालयमा खुला प्रतिस्पर्धाका आधारमा छनौट गरेको छ ।
शुक्रबार(१९असार)०८३मा कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले भट्टलाई सुपको उपकुलपति(भिसी)मा नियुक्त गरेको छ । सहकुलपति समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलकोे संयोजकत्वमा छनौट समितिको सिफारिसका आधारमा सरकारले भट्टलाई सुप विश्वविद्यालयको नेतृत्व सुम्पिएको हो ।

सरकारले यस अघि तत्तकालिन काँग्रेस–एमाले नेतृत्वको सरकारका पालामा नियुक्त भएका सुप विश्वविद्यालयका सबै पदाधिकारी पदमुक्त गरेर खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गरेको छ । भिसीका नियुक्त भएको चारदिनमै कार्यभार सम्हालेका भट्टले सात सुुप विश्वविद्यालय हाक्ने सात सकल्प लिएका छन । उपकुलपति भट्टले गुणस्तरिय शिक्षा, पाठ्यक्रम बजार सुहाउँदो माग अनुरुप परिर्माजित, आर्थिक आत्मनिर्भरता, केन्द्रीय, आगिक, सम्बन्धन कलेजको पुर्नसरचना, दक्ष मानव स्रोत साधन निर्माण, सुशासन, रिसर्च सेन्टर, डिजिटलाईजेसन कार्यक्रमको लक्ष्य अघि सारेका छन ।

स्वागत कार्यक्रममा समेत भिसी भट्टले कर्मचारीदेखि प्राध्यापकहरुलाई विश्वविद्यालयको कामकाजमा ईमान्दारितापुर्वक दत्तचित्त भएर खटिन निर्देशन दिर्दै पछिल्लो जनभावनाको कदर गर्न समेत अपिल गरेका छन । सोमबार कार्यभार सम्हाल्दै सुप विश्वविद्यालयका उपकुलति प्राडा किशनदत्त भट्ट समग्र विश्वविद्यालय अब्बल बनाउन शिक्षक, कर्मचारीदेखि सरोकारवालाको साथ सर्मथन आवश्यक रहेको औल्याएका छन ।.
को हुन सुप विश्वविद्यालयका उपकुलपति किशनदत्त भट्ट
सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी दशरथचन्द नगरपालिका जन्मिएका भट्ट बालविकासदेखि कक्षा ४ सम्म अर्थात आधारभूत शिक्षा पहाड गाँउमै अध्ययन गरे । त्यसपछि उनको घरपरिवार तराई भीमदत्त नगरपालिका १६ मझगाँउ सरेसगै कक्षा ५देखि ७सम्म गाँउकै सरस्वती मावि परखेडीमा अध्ययन गरे ।.
कक्षा ८ देखि १० कक्षा महेन्द्रनगर नमुना मावि(साधारण स्कुल)मा पढे, एसएलसी उर्तीण गरेपछि भट्टले विज्ञान विषयको यात्रा तय गरे । ०५५ मा त्रिविकै आंगिक क्याम्पस सिद्धनाथ विज्ञान क्याम्पसबाट आईएस्सी अध्ययन गरेपछि उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौँ गए । पुल्चोक ईन्जिनियरिङ्ग कलेजबाट आर्किटेक्टर ईन्जिनियर विषयमा स्नातक अध्ययन गरेका भट्ट थप अध्ययनका लागि तेस्रो मुलुक हङकङ गए ।
द यूनिभरसिर्टी अफ हङकङबाट अर्बन प्लान एण्ड डिजायन विषयमा मास्र्टर अफ फिलोसफी (एमपिल) र विद्यावारिधी (पिएचडी) अध्ययन सकेर पुन मातृभूमि(नेपाल) फर्किए ।
स्नातक अध्ययन पुरा गरेपछि देशकै पहिलो सामुदायिक ख्वप ईन्जिनियरिङ्ग कलेजमा अध्यापन गरेका भट्टले हङकङबाट एमफिल, पिएचडी अध्ययन गरेर नेपाल फर्किए पछि पनि उनले पुल्चोक ईन्जिनियरिङ्ग कलेज, नेपाल ईन्जिनियरिङ्ग कलेजमा अध्यापन गरे । ईन्जिनियरिङ्ग विषय अध्ययन पुरापछि काठमाण्डौँमा रहेका कलेजमा शिक्षण गरेका भट्ट ०७२ सालमा आफ्नै मातृभूमिको सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ ईन्जिनियरमा अध्यापन शुरु गरे । सुपविको स्कुल अफ ईन्जिनियरमा कार्यक्रम संयोजककै जिम्मेबारी सम्हालेका भट्ट लगत्तै सेवा आयोगबाट सहप्राध्यापक उर्तीण गरेपछि ईन्जिनियरिङ्ग संकायको डीनको जिम्मेबारीमा पुगे । उतिबेला डीनको जिम्मेबारी पाएका भट्टले स्वदेश तथा विदेशमा विभिन्न शैक्षिक संघ संस्था विश्वविद्यालयसंग सहकार्य गर्दै केन्द्रीय क्याम्पसमा ईन्जिनियरिङ्ग संकायको मुहारै फेरिदिए ।
तत्तकालिन अवस्थामा नेपाली काँग्रेसको कोटाबाट दोस्रो पटकमा पनि डीन भएका भट्टको राजनैतिक नियुक्ती भएकाले सरकारले खारेजी गरिदियो । सरकारले भिसी नियुक्तीका लागि खुल्ला प्रतिस्पर्धा गराएपछि भट्टसगै सुपवि सहितका विभिन्न विश्वविद्यालयमा कार्यरत १८ प्राध्यापकले आवेदन दिए, सर्टलिष्टमा परेका १० मध्ये भट्टलाई नै अन्तत सरकारले छान्यो । झण्डै दुई दशक बढि समयदेखि शिक्षण पेशामा आबद्ध भएका भट्टले ईन्जिनियरिङ्ग सेवा तर्फ लोक सेवापनि उर्तीण गरेर केही समय निजामती कर्मचारीका रुपमा पनि अनुभव लिएका छन ।
सुदूरकै स्थानीय समेत रहेका ईन्जिनियर संकायका पुर्व डीन भट्टले आफ्नै मातृभूमिमा रहेको विश्वविद्यालय हाक्ने कमाण्डिङ्ग पाएसंगै सुप विश्वविद्यालयले गति लिने अपेक्षा गरिएको छ । प्रशासनिक एव शैक्षिक बृद्धि विकासमा भट्ट कुसल प्राध्यापक मानिन्छन । अब भट्टको सुप विश्वविद्यालय हाक्ने कस्तो कमाण्डिङ्ग हुन्छ भन्ने विषय प्रतिक्षाको घडी बनेको छ । अब विगतको जस्तो राजनैतिक, आर्थिक, प्रशासनिक सहितका विवित पक्षमा पारदर्शीता हुने समेत विश्वास व्यक्त गरिएको छ । सरकारले उपकुलति नियुक्त गरेसंगै तालाबन्दी पर्याबाजीको नामबाट परिचित सुप विश्वविद्यालय अब तालाबन्दीमुक्त हुने समेत नागरिकले अपेक्षा राखेका छन । डेढ दशक अघि स्थापना भएको विश्वविद्यालयको बृद्धि विकासका लागि उपकुलपति भट्टसामु चुनौती र उत्तिकै अवसर पनि सगसंगै छन । चार बर्षका ला










