रेडियन्ट माध्यमिक विद्यालयमा बौद्धिक परीक्षण कार्यक्रम सम्पन्न


कञ्चनपुर : कञ्चनपुरको रेडियन्ट माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ एक दिने बौद्धिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको बालक्लबद्वारा आयोजित उक्त प्रतियोगितामा ११ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई सेतोपाटीमा ३० वटा अंग्रेजी शब्दहरू दिइएको थियो । निर्धारित समयभित्र सबैभन्दा बढी शब्दहरू स्मरण गरी सही रूपमा लेख्नका लागि विद्यार्थीहरूलाई १० मिनेटको समय उपलब्ध गराइएको थियो ।

प्रतियोगितामा दिइएका ३० वटा शब्दमध्ये २८ वटा सही शब्द लेख्दै कक्षा १० मा अध्ययनरत छात्र आयुष विष्टले प्रथम स्थान प्राप्त गरेका छन भने २७ वटा सही शब्द लेख्दै कक्षा १० की छात्रा स्मृती भट्ट द्वितीय र २५ वटा सही शब्द लेख्दै कक्षा १० का छात्र प्राञ्जल भट्टले तृतीय स्थान हाँसिल गरेका छन् । विजेता विद्यार्थीहरूलाई नगद पुरस्कार सहित प्रोत्साहन गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमका बारेमा बोल्दै विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर चन्दले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको स्मरण शक्ति र बौद्धिक क्षमता विकासमा सहयोग पुग्नुका साथै विद्यार्थीहरूको शब्द भण्डार बढाउन समेत मद्दत पुग्ने हुँदा विद्यालयले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने बताउनुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img