कञ्चनपुर,: सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा किशनदत्त भट्ट नियुक्त भएका छन । सरकारले भट्टलाई सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको हो ।
शुक्रबार(१९असार)०८३मा कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले भट्टले उपकुलपति(भिसी)मा नियुक्त गरेको जनाएको छ ।

सहकुलपति समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलकोे संयोजकत्वमा छनौट समितिको सिफारिसका आधारमा सरकारले भट्टलाई सुप विश्वविद्यालयको नेतृत्व सुम्पिएको छ ।
रास्वपा नेतृत्वको सरकारले यस अघि तत्तकालिन काँग्रेस एमाले नेतृत्वको सरकारका पालामा नियुक्त भएका सुप विश्वविद्यालयका सबै पदाधिकारी खारेजी गरेर खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गरेको छ ।

सुदूरकै स्थानीय समेत रहेका ईन्जिनियर संकायका पुर्व डीन भट्टले आफ्नै मातृभूमिमा रहेको विश्वविद्यालय हाक्ने कमाण्डिङ्ग पाएसंगै सुप विश्वविद्यालयले गति लिने अपेक्षा गरिएको छ । प्रशासनिक एव शैक्षिक बृद्धि विकासमा भट्ट कुसल प्राध्यापक मानिन्छन । अब भट्टको सुप विश्वविद्यालय हाक्ने कस्तो कमाण्डिङ्ग हुन्छ भन्ने विषय प्रतिक्षाको घडी बनेको छ ।

लामो समयसम्म उच्च शिक्षा शिक्षण कौसल भएका भट्टपनि कञ्चनपुर निर्वाचन क्षेत्र ३कै स्थानीय हुन । आफ्नै मातृभूमिमा रहेको विश्वविद्यालय हाक्ने जिम्मेबारी पाएका भट्ट ८औँ उपकुलतिको जिम्मेबारी सम्हाल्न लागेका छन । लगत्तै रजिष्ट्रार समेत नियुक्त हुने तयारीछ । उपकुपतिका लागि १८ प्राध्यापकहरुले आवेदन दिएका थिए ।.
अब विगतको जस्तो राजनैतिक, आर्थिक, प्रशासनिक सहितका विवित पक्षमा पारदर्शीता हुने समेत विश्वास व्यक्त गरिएको छ । बालेन सरकारले उपकुलति नियुक्त गरेसंगै तालाबन्दी पर्याबाजीको नामबाट परिचित सुप विश्वविद्यालय अब तालाबन्दीमुक्त हुने समेत नागरिकले अपेक्षा राखेका छन । डेढ दशक अघि स्थापना भएको विश्वविद्यालयको बृद्धि विकासका लागि भट्ट सामुह चुनौती उत्तिकै अवसर पनि सगसंगै छन ।










