कञ्चनपुर : सुदूरपश्चिम प्रदेश कैलाली,कञ्चनपुरका होटल व्यवसायीहरुलाई एआई तथा सोसल मिडिया बारे तालिम लिईएको छ । होटल व्यवसायी संघ कञ्चनपुरले दुवै जिल्लाका विभिन्न शहरी क्षेत्रका होटल व्यवसायीहरुलाई एआई तथा सोसल मिडिया बारे तालिम लिईएको हो । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले साना, मझौला तथा ठुला होटल व्यवसायीहरुलाई दुई दिने तालिम दिएको बताए । उनका अनुसार नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा तालिम संचालन गरिएको छ ।

पछिल्लो बदलिदो परिस्थितिसंगै होटल व्यवसायीहरुलाई समेत आफ्नो होटल एव क्षेत्रका पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै ग्राहकहरुलाई प्रभावकारी आतिथ्यताका लागि दुई दिन तालिम दिएको बताए । तालिममा सहभागि दुवै जिल्लाका ७०होटल व्यवसायीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ । विपिन ढङगोलले तालिम दिएका थिए । उद्घाटनका दिन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले तालिममा सिकेका विषयबस्तु व्यवहारिक ज्ञान प्रयोग गर्दै आफ्नो होटल क्षेत्र प्रर्बद्धनदेखि अतिथिलाई सत्कार गर्ने विषय ध्यान दिनुपर्नेमा जोडदिए । तालिममा सहभागिहरुले नयाँ विषयबस्तुको ज्ञान भएकाले व्यवहारिक प्रयोग गर्दै आफ्नो होटल व्यवसायदेखि स्थानीय पर्यटकीय गन्तव्य विस्तारमा जोडदिएका छन ।











