रेडियन्ट माविले मनायो धान दिवस: शिक्षक र विद्यार्थीहरुले गरे रोपाइँ रेडियन्ट


कंचनपुर : कंचनपुरको महेन्द्रनगरमा रहेको रेडियन्ट माध्यमिक विद्यालयले सोमबार विभिन्न कार्यक्रमको आयोजना गरी २३औँ राष्ट्रिय धान दिवस मनाएको छ। नेपाली संस्कृति र कृषिको महत्वलाई नयाँ पुस्तामाझ चिनाउने उद्देश्यले विद्यालयले उक्त कार्यक्रम आयोजना गरेको हो। दिवसको अवसरमा विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरू नजिकैको खेतमा पुगेर प्रत्यक्ष रूपमा रोपाइँमा सहभागी भएका थिए।

विद्यार्थीहरूले उत्साहका साथ हिलो खेल्दै, असारे गीत गाउँदै र धान रोप्ने तरिका सिक्दै रमाइलो गरेका थिए। रोपाइँ पश्चात् परम्परा अनुसार सबैले सामूहिक रूपमा दही चिउरा खाएर असार १५ मनाएका थिए। कृषिलाई पाठ्यक्रममा मात्र सीमित नराखी व्यवहारिक रूपमा सिकाउन यो कार्यक्रम निकै प्रभावकारी बनेको विद्यालयका प्रधानाध्यापक सुर्य बहादुर चन्दले बताउनुभयो ।

साथै उहाँले नेपाली समाजमा असार १५ को सांस्कृतिक र आर्थिक महत्व ठूलो रहेको हुँदा विद्यार्थीहरूलाई खेतमै लगेर धान रोप्न सिकाउँदा उनीहरूले किसानको दुःख र अन्नको महत्व बुझ्ने मौका पाउने र किताबी ज्ञानसँगै यस्ता व्यवहारिक र सांस्कृतिक सिकाइले उनीहरूको चौतर्फी विकासमा मद्दत पुग्ने बताउनुभयो ।


Loading Viewer...

ताजा समाचार

spot_img